साझा नेटवर्क
उद्धब मगर, कतार भदौ १५ ।
कतार नेपाली एकता समाज केन्द्रिय समितिले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक पुर्व सांसद तथा अखिल नेपाल महिलासघका अध्यक्ष मीना पुन मगर, प्रशिक्षक अन्तरास्ट्रिय नेपाली एकता समाजका महासचिब लुमाकान्त पुन मगरले एकता समाजमा रहेर विभिन्न बिभागमा काम गर्नु भएका सम्पुर्णलाइ प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमका अध्यक्षता कतार नेपाली एकता समाजका अध्यक्ष रामप्रसाद पराजुली, स्वागत मन्तव्य केन्द्रिय सदस्य खगेस्वर भुसालले दिनु भएको कार्यक्रम सन्चालक समाजका महासचिन मिनराज पुन मगर्को रहेको थियो । प्रशिक्षण अन्तरास्ट्रिय नेपाली एकता समाजका लुमाकान्त पुन मगरले एकता समाजको नियम कानुन विधि पद्दतिको बिसयमा प्रशिक्षण दिनु भएको थियो ।
प्रमुख प्रशिक्षक पुनले कतार नेपाली एकता समाजको नीति नियम विधि बिधान तह तप्कामा रहेर काम गर्दा जहिले पनि म भन्ने सब्दबाट टाढा रहेर हामी भन्ने सब्दको प्रयोग गर्दै र सम्पुर्णलाइ आभास हुनेगरी सङठनमा परिचालित हुनु पर्ने बताउनु भएको थियो । कत्तिपय साथिहरु काम गर्दै जाने क्रममा केही कुराको जानाकारी नहुदाखेरी केहि असन्तुस्टी आउन सक्ने अबस्था पनि रहेको छ ।
त्यो मुख्य त म भन्ने शब्द मात्रै उपयोग भयो भने यस्तो अबस्था आउन सक्ने पनि बताउनु भएको छ कारण कुनै सदस्यले निरन्तर लागि परेर काम गर्नु भयो अन्तमा कुनै कार्यक्रम आयोजना हुँदै गर्दा उहाले गरेका र कामको चर्चा गरिएन भने त्यहा पनी र्य्ह्वास आउन सक्छ किनकी उसले काम गर्दै जादा हामी भन्ने शब्द बिर्सन पनि सक्छ र उहाको बखान अथवा तारिफ गरिएन भने खै त मैले धेरै काम गरेको छु मरो नामै आएन भो अब काम गर्दिन भन्ने भ्रम पनि हुन सक्छ र नबुझेको खण्डमा कृयाशिल सदस्य कत्तिपय ठाउमा निउटल रहने पनि हुन्छ भन्ने कुराको उदाहरण दिदै हालै कतार नेपाली एकत समाजले आयोजना गरेको बृहत तिज बिशेश कार्यक्रमम्मा जसरी सङठनका साथिहरु एकले अर्कालाइ सहयोग गर्दै हामी भनेर लाग्नु भएको थियो ।
कायक्रम अपार सफल भएको छ यहिनै हो कतार नेपाली एकता समाजको विशेषता हो भन्ने कुराले पुष्टि गरि सकेको छ भन्दै आगामी दिनहरुमा कतार नेपाली एकता समाजका पदाधिकारी लगाएत सम्पुर्ण सदस्यहरु निरन्तर ठोस बस्तुको ठोस बिशलेसन सहित अगाडि बढ्नु पर्छ भन्ने प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको अन्तमा कतार नेपाली एकता सममजका अध्यक्ष राम प्रसाद पराजुलिले पनि कार्यक्रममा बोल्दै विशेष तिज कार्यक्रममा ओहोरात खट्नु भएका सम्पुर्ण सदस्यहरुलाइ बधाइ दिदै कार्यक्रम।समापन भएको घोषणा गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend