साझा नेटवर्क
कमल पौडेल ०४ भाद्र । बडिगाड बडिगाड गाउँपालिका वडा नं. १० र ९ मा गएको पहिरो पिडितहरुको लागि चाचलघाट लघुजलविद्युत परियोजना, बडिगाड ८ को तर्फवाट सहयोग हस्तान्तरण गरिएको छ।
परियोजनाको तर्फवाट एक लाख ३३ हजार १ सय ९० र वडा नं. ४ जलजला निवासी हाल अमेरिकामा कार्यरत ज्ञानु घर्तिले संकलन गरि पठाएको ४१ हजार गरि कुल १ लाख ७४ हजार १ सय ९० रुपैयाँ वितरण गरिएको परियोजनाका सचिव झविन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ। घटनाका मृतक तथा घाइतेहरुलाई राहत रकम वितरण गरिएको हो।
उक्त राहत हस्तान्तरण कार्यक्रममा बडिगाड गाउँपालिकाका संस्थापक अध्यक्ष मेहरसिंह पाइजा, बडिगाड गाउँपालिका वडा नं. १० का वडा सदस्य राजेन्द्र बुढा, स्थानिय शिक्षक रविन्द्र बुढा, लगाएतले बोल्नुभएको थियो। राहत वितरण कार्यक्रम परियोजनाका अध्यक्ष मानसिंह पाइजाको अध्यक्षता तथा सचिव झविन्द्र बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend