साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी साउन ३२ ।
नवलपरासीमा मोटरसाईकल दुर्घटनामा हुदाँ एक जनाको मृत्यु भएको छ । शुक्रवार बर्दघाट नगरपालिका वडा नं.१६ रसायली चोक स्थित बर्दघाट-त्रिवेणी भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो ।
बर्दघाटबाट बरुवा तर्फ जादै गरेको लु २८ प ५४२० नम्बरको मोटरसाईकलले सोहि दिशाबाट जादै गरेको मोटरसाईकललाई ओभरट्याक गर्ने क्रममा सोहि दिसाबाट जादै गरेको लु १ ह ४१६३ नम्बरको अटोमा ठक्कर खाई आफै अनियन्त्रित भई उछिट्टिन जाँदा बाटोको दाहिने साईडमा रहेको स्कुलको साङ्केतिक बोर्डमा ठक्कर खादाँ मोटरसाईकल चालक वडा नं.१६ कालुचोक बस्ने ३० बर्षिय रमेश गुरुङ गम्भिर घाईते भएका थिए।
दुर्घटनामा परी गम्भिर घाईते भएका गुरुङलाई उपचारको लागी चिसापानी सामुदायिक अस्पताल चिसापानी पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend