logo
  • शुक्रबार, असोज ९ २०८३

विद्यार्थी पढाउदै प्रहरी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 फाेटाे क्याप्सन: दाङ देउखुरी गढवा-६ स्थित बुद्ध ज्योति मा. वि.का विद्यार्थी पढाउदै प्रहरी निरीक्षक कार्की ।

 शिव सुवेदी, ३१ साउन, बुटवल । इलाका प्रहरी कार्यालय गढवा दाङले समाजमा शान्ति सुरक्षा प्रदानसँगै विद्यार्थी पढाउन शुरु गरेको छ । केही समय अगाडि मात्रै इलाका प्रहरी कार्यालयको प्रमुखका रुपमा आएकी कालिका कार्कीले आफ्नो इलाका प्रहरी कार्यालय मातहतका केही विद्यालयमा प्रहरीले दिने सेवासँगै समाजमा सचेतना फैलाउन विद्यार्थी पढाउने अभियानको थालनी गरेको हुन ।

 कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महिला हिंसा नियन्त्रण लगायत विभिन्न जनचेतना मूलक सन्देश दिनका लागि आफ्नो क्षेत्रमा अभियानकै रुपमा लागेको कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले बताइन ।  विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई लागु औषध दुर्व्यसन, साइबर अपराध, मानव बेचबिखन, मदिरा सेवन र सवारी दुर्घटनासम्बन्धी चेतनामूलक प्रशिक्षण दिन शुरु गरेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

 सामाजिक अपराध र बालविवाह न्यूनीकरण, महिला हिंसा लगायतका चेतनामूलक कार्यक्रमबाट पहिले विद्यार्थीलाई नै सचेत पार्नुपर्ने भएकाले विद्यार्थीलाई पढाउन शुरु गरिएको प्रहरी निरीक्षक कार्कीको भनाई छ । हामी भर्खरै केही विद्यालयबाट प्रहरीले दिने सेवासँगै जनचेतना मूलक केही कामको सुरुवात गरेको छौ, उनले भनिन् आजको कलिला विद्यार्थी भाई वहिनीहरु भोलि याे समाज र देश हाक्ने जनशक्ति भएकाले उनीहरूलाई अहिलेदेखिनै सकारात्मक चेतनाको विकासका लागि यस्ता सन्देश मूलक कार्यक्रम आवश्यक रहेको छ ।´ बालबालिका र युवा कहिले जानेर अनि कहिले नजानेर अपराधमा प्रयोग भइरहेका छन्,’ कार्यालय प्रमुख कार्कीले अगाडि थपिन समाजमा कस्ता काम गर्नुपर्छ, कस्ता कामलाई कानुनले अपराध मानेको छ भन्नेबारे पनि विद्यार्थीलाई सिकाउँदैछौं।’ 

प्रहरीसँगको भलाकुसारीले विद्यार्थीमा प्रहरीप्रतिको गलत धारणा परिवर्तन गर्न समेत सहयोग गरिरहेको प्रहरी निरिक्षक कालिका कार्कीले वताईन । ईलाका प्रहरी कार्यालय गढवाले विद्यालयमा पुगेर विद्यार्थीहरू पढाउने काम मात्रै नभई त्यस क्षेत्रका पालिकाहरूले गठन गरेका टोल विकास समिति, महिला समूहलगायत विभिन्न समूहमा गएर प्रहरीले साझेदारी कार्यक्रम गर्ने गरेको छ । प्रहरीले  जनतासँगको सम्बन्ध सुधारका लागि टोलटोलमा गएर समेत छलफल गर्ने गरेको हाे । 

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend