logo
  • शुक्रबार, असोज ९ २०८३

वीरगंज यातायातको ट्रायल सेन्टरमा ट्राफिक प्रहरीको मिलोमतोमा भ्रष्टाचार

सम्बन्धित निकाय मौन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रंजित चौरसिया,वीरगंज २५ साउन ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र (लाईसेन्स) शाखा वीरगंज जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको लागि सुनको अण्डा दिने कुखुरा झै बनेको छ । यातायात कार्यालयको सवारी चालक अनुमतिपत्र शाखाबाट हुने ट्रयाल परीक्षामा ट्राफिक प्रहरीको विशेष भुमिका रहने गरेको छ ।

सो ट्रायल सेन्टरमा अकुत सम्पत्ति कमाइ धन्दा चल्ने गरेको कारण ट्राफिक प्रहरीहरु खटनेमा लालायित हुन्छन् । हाल सो ट्रायल सेन्टरको जिम्मा ट्राफिक बरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधी खकुरेलले लिन सफल भएको बताईन्छ । जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडा र ट्राफिक प्रहरी उपरीक्षक भिमकिरण बोगटीलाई आफ्नो प्रभावमा पार्दै बरिष्ठ नायब निरीक्षक खकुरेल ट्रयाल सेन्टरको जिम्मा लिन सफल भएको समाचार स्रोतले जनाएको छ ।

श्रोतका अनुसार ट्रयाल सेन्टरको जिम्मा ट्राफिक प्रहरी उपरीक्षक र प्रहरी निरीक्षकको सेवा गर्ने र भागबन्डा मिलाउन सकिनेलाइ नै दिने गरिएको छ । ट्राफिक प्रहरी बरिष्ठ नायब निरीक्षक खकुरेलले ट्रयाल सेन्टरबाट उठने रकमको बिषयमा जानकार भएकै कारण उनी पावर र पैसाको बलमा ट्रयाल सेन्टरको जिम्मा लिने गरेको स्रोतको भनाई रहेको छ । ट्रयाल सेन्टरमा सहयोग गरेकै कारण जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई १५ प्रतिशत रकम भाग आउने गरेको स्रोतको भनाई रहेको छ ।

ट्रायल सेन्टरबाट आउने रकमबाट ट्राफिक प्रहरी निरीक्षक र प्रहरी उपरीक्षकको भागबन्डा प्रहरी बरिष्ठ नायब निरीक्षक खकुरेलले नै दिने गरेको ट्राफिक प्रहरी श्रोतले जनाएको छ । यता ट्राफिक प्रहरीकै सहयोग र संरक्षणमा ट्रयाल सेन्टरमा हुदै आएको भ्रष्टाचारको बिषयमा ट्राफिक प्रहरी उपरीक्षक भिमकिरण बोगटी संग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

“एनि हाउ पैसा कमाउ” अभियानमा लागेका पर्सा ट्राफिक प्रहरी माथि सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको सचेत नागरिकहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend