logo
  • शनिबार, साउन ९ २०८३

कतार नेपाली एकता समाजले प्रगतिशिल तिज कार्यक्रम आयोजना गर्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

उद्धव मगर, कतार साउन २५ ।
कतार नेपाली एकता समाज केन्द्रिय समितिद्वारा तिज कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी अगस्ट महिनाको २३ तारिक सुक्रबारका दिन कतारको सनैया स्थित फुलबारी रेस्टुरेण्टको सभाहलमा बृहत तिज कार्यक्रम आयोजना गर्न लागेको हो ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्नका लागि नेपालबाट अखिल नेपाल महिला सघका अध्यक्ष तथा पुर्व सभासद मीना पुन कतार आउने समाजकि द्दितिय उपाध्यक्ष अमिना खानले  साझा नेटवर्कलाई जानकारी दिईन ।

समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गर्ने योजनका साथ समाजमा भैरहेको विकृती र विसङ्गतीलाई चिर्नको लागि पनि यस कार्यक्रमले टेवा पुग्ने बताइको छ ।

तिज पर्वलाई पश्चिमी छाडा संस्कृतिबाट उत्ताउलो वा भड्किलो हैन, समाजमा नारीमाथि हुने विभेद, असमानता, थिचोमिचोको विरुद्धमा समाज रूपान्तरणको दिशामा तिज पर्वलाई मनाउन सक्यौँ भने मात्र तिज पर्वप्रति न्याय हुनेछ भन्ने आशाका साथ यस कार्यक्रमलाई “प्रगतिशिल तिज कार्यक्रम”को शिर्षक दिएका हौ भन्ने खानको भनाई छ ।

 कार्यक्रमलाइ सभ्य एवं भव्य रुपमा सु-सम्पन्न पार्नका लागि प्रवास/कतारलाई आफ्नो कर्मभुमी बनाइ रहनु भएका सम्पुर्ण दिदी-बहिनी तथा दाजु-भाइलाई उपस्थिती भई कार्यक्रम सफल बनाई दिनुहुनका लागि  समाजले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend