logo
  • शुक्रबार, असोज ९ २०८३

पहिरो अपडेट: साँझ ५ः५५ बजे बागलुङको बडिगाडमा पहिरोमा पुरिएर ७ जनाको मृत्यू, ४ जना वेपत्ता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

कमल पौडेल २२ साउन,बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. ९ र १० मा पहिरोले पुरिएर ७ जनाको मृत्यू भएको छ भने ४ जना वेपत्ता रहेका छन्। वडा नं. १० को आरुपाटा बाख्रेमा गएको पहिरोमा परि सोहि स्थानमा बस्ने वर्ष ७० की मोतिदेवि कामी, सिर्जना वि.क.की ६ महिनाकी छोरी सिता वि.क., सोहि स्थानमा बस्ने वर्ष ७ की मालती बुढा, वर्ष ०८ का अमल बुढा, वर्ष ११ का सिता पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपि राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ। 

त्यस्तै वडा नं. ९ को नयाँ वस्तीमा पुरिएर १४ वर्षीय विधान परियार, वडा नं. ९ कै खहरेमा पहिरोले पुरिएर वर्ष २६ का बसन्त बस्नेतको मृत्यू भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक राजकुमार विकले जानकारी दिनुभएको छ। वडा नं. १० को आरुपाटा, बाख्रेको पहिरोमा हराइरहेका ४ जनाको खोजि भैरहेको प्रहरीले जनाएको छ।

सोही स्थान बस्ने वर्ष ६० की मधु बुढा, वर्ष १० का मनोज बुढा, वर्ष ३ का आरुष थापा र वर्ष ११ का सुमन विक हराइरहेको र पुरिएको आशङ्कामा खोजी भैरहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ। सोहि पहिरोमा घाइते भएका १० जनाको उद्धार गरिएको छ। 

घाइते मध्ये वर्ष ६० की सुमित्रा विक र वर्ष ७८ का जोग बहादुर बुढाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। बडिगाड गाउँपालिकाबाट खटिएको स्वास्थ्य कर्मिको टोलीले घटनास्थल नजिकै घाइतेहरुको उपचार गरिरहेको छ। घटनास्थल क्षेत्रमा सडक सञ्जाल सबै विच्छेद भएको र पैदल समेत हिँड्न सक्ने अवस्था नरहेकोले घाइतेलाई हस्पिटल पठाउन सकिएको छैन। घटना विहान भएपनि दिउसो ४ बजेपछि मात्रै प्रहरीको टोली घटनास्थल पुगेको थियो।

 इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा खटिएको प्रहरी टोलीले अहिले उद्धार गरिरहेको हो। अहिले घटनास्थलमा नेपाली सेनाको टोली पनि पुगेको छ। घटनास्थल निकै विकट र पहिरोले सडक भगाएकोले निकै समस्या भएको र उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर आउँदै गरेको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend