logo
  • शुक्रबार, असोज ९ २०८३

 नेपाल लाइफ इन्स्युरेन्स बिराटनगरका चन्द्र नारायण दास रत्न पदकबाट सम्मानित 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स क.लि. कोशी प्रदेश अन्तर्गत विराटनगर शाखामा कार्यरत वरिष्ठ एजेन्सी मेनेजर चन्द्र नारायण दासलाई रत्न पदकबाट विभूषित गरिएको छ । 

आर्थिक वर्ष २०८०/०८१ मा कोशी प्रदेशकै बिमा व्यवसायमा एजेन्सी तर्फ प्रथम व्यवसाय गर्न सफल भएको भन्दै संस्थाले वरिष्ठ एजेन्सी मेनेजर चन्द्र नारायण दासलाई रत्न पदकबाट सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघाई द्वारा संयुक्त रुपमा जारी पत्रमा उल्लेख गरिएको छ ।

विभुषित भएपछी उनले भने “मेरो एजेन्सी टिमको सहयोग र मेरो मिहेनत र लगनशीलताको साथै कम्पनीको सम्पूर्ण टिमको अथक प्रयास र सहयोगकै कारण यो सम्मान पाएको हुँ। सम्मानले अझै आफ्नो कामप्रति अपनत्व र जिम्मेवारी थपिएको महसुस गरेको छु” । “मलाई माया र विश्वास गर्नुहुने सबैलाई धन्यवाद दिन्छु।” जीवन बिमा गर्ने र गराउने दुवैको भविष्य उज्जल रहेको उनको भनाइ छ। “उनले प्रदेशमा बिमा क्षेत्रको प्रेरणाको स्रोत नै बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend