logo
  • शुक्रबार, असोज ९ २०८३

 आम जनतामा निराशाको भाव सृजना हुँदै : नेता त्रिपाठी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

 जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री हृदयेश त्रिपाठीले काँग्रेस एमालेको गठबन्धन सरकारले सबै नेता तथा पार्टी प्रति आम जनतामा निराशाको भाव सृजना भएको बताएका छन। शनिवार प्रतापपुरको बेलाटारीमा कार्यकर्ता सम्मेलन सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताए।

 ८ अर्ब रुपैयाँ उद्योगपतिहरूले बिद्युत प्राधिकरणलाई दिने विषयमा सांसदको लेखा समिति ,अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा विगतको सरकारले निर्णय गरे पनि आजको सरकारले ढाकछोप गरेको बताए। काग्रेंस एमालेको गठबन्धनको सरकारले भष्ट्राचार लुकाए देश सङ्कटमा जाने नेता त्रिपाठीको भनाई छ। साथै समानुपातिक प्रणालीबाट दलित, महिला ,मुस्लिम,जनजातीहरुको लागी भएको प्रणालीलाई दुरुपयोग गर्दै आफन्तको लागी प्रयोग हुँदै गएको बताए।

कुनै अभावको कारण पार्टी निर्माण गरिएको हैन भन्दै उनले विचारको राजनीति समाप्त हुदै गएको अवस्थामा चाहे त्यो विचार देश संसद संविधानको राजनीति विचलन भएको हुदाँ यो पार्टीको आवश्यकता महसुस गरिएको बताए। जनता प्रगतिशील पार्टी नेपालले भष्टाचारको,किसान ,आरक्षणको , संघीयता, राष्ट्रियता तथा देशभक्तिको मुद्दाहरूलाई अगाडि बढाउन नेता त्रिपाठीले जिकिर गरेका हुन। कार्यकर्ता सम्मेलन कार्यक्रममा क्षेत्रीय सभापति रामप्रित यादव, जिल्ला अध्यक्ष राधेरमण पाण्डे, रामअवतार कोईरी, राजेश चौधरी, रामहरि उपाध्याय, बिनोद ठाकुर लगायतकाहरुले आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend