logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा लागु औषध सहित एकजना पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी साउन १६ ।
नवलपरासीमा प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ परेका छन । मंगलवार राति प्रतापपुर गाउँपालिका वडा नं.१ बाउनगढी स्थित भित्री सडक खण्डमा अमहवा देखी गोपीगंज तर्फ आउदै गरेको युपी ५६ यक्स ००४२ नम्बरको मोटरसाईकल लाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

शंकाको आधारमा चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिक भित्र लुकाई ल्याएको प्रतिबन्धित लागुऔषध प्रोक्सिको स्पास ५९ पत्ता, नाईट्रोभेट १० पत्ता, ओनोरेक्स १ सय एमयलको ३ सिसी सिरिन्ज २ थान, रेड्मी मोबाईल १ थान र मोटरसाईकल सहित प्रतापपुर गाउँपालिका वडा नं.१ बस्ने २८ बर्षिय अजय यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिबन्धित लागू औषध बरामद गरी यादवलाई पक्राउ गरी बुधवार लागू औषध सम्वन्धी कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend