logo
  • शुक्रबार, असोज ९ २०८३

मौसम र सडकमा सुधार आएका कारण साउन १० गतेबाट रात्रीबस सेवा संचालन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हरिश ढकाल, रुपन्देही साउन १० ।
यात्रु र सवारी साधनको सुरक्षाको कारण देखाई गत महिनादेखि स्थगित गरिएको रात्री बस सेवा पुनः संचालन हुने पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ । अविरल बर्षाका कारण बिभिन्न स्थानमा आएको बाढी पहिरोले सडक क्षतिग्रत भएकोले यात्रु र सवारी साधनको सुरक्षाका लागि स्थगित गरिएको रात्री बस सेवा साउन १० गते बिहिबारबाट पुनः संचालन हुने भएको हो ।

मौसम र सडक दुबैमा सुधार आएकोले सतर्कताका साथ रात्री सेवा संचालन गर्ने निर्णय भएको प्रालिले जनाएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि. बुटवलका अनुसार यहाँबाट काठमाडौंका लागि छुट्ने दैनिक ६४ वटा र अन्य स्थानका लागि छुट्ने ५४ वटा रात्री बस १० गते बिहिबारदेखि पुनः संचालन हुने भएका छन् ।

हाल अति आवश्यक प्रयोजनका लागि दैनिक ४ वटा मात्र रात्री बस संचालन गरिएकोमा अव दैनिक १ सयभन्दा बढि रात्री बसहरु नियमित संचालन हुने प्रालिका प्रबन्ध संचालक रामचन्द्र भुसालले बताएका छन् । भुसालले भने मौसम र सडक दुवैमा सुधार आएको छ रात्री सेवा उच्च सतर्कताका साथ सुरक्षा निकायसँग समन्वय गरेर सुचारु गर्छौं ।

प्रबन्धक भुसालका अनुसार रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलबस्तुबाट काठमाडौं, पोखरा, बिरगन्ज, बिराटनगर लगाएतका स्थानमा संचालन हुने रात्री बसहरु नियमित संचालन हुनेछन् । बर्षायामका कारण सडकमा हुने संभावित घटना र सवारी दुर्घटनाको कुरालाई पनि मध्येनजर गर्दै प्राबिधिक रुपले पनि जोखिम न्यूनिकरण गर्दै सुरक्षित तवरले यात्रा गराउने प्रालिले तयारी गरेको प्रबन्धक भुसालले जानकारी गराएका छन् ।

प्रमुख राजमार्ग लगाएतका सडकहरुमा रहेका पहिरो र ढुंगाहरु हटाइएको र क्षतिग्रस्त सडकहरु मर्मत संभार गरिएको कारणले पनि बाढी पहिरो र संभावित जोखिम पनि न्यूनिकरण भएकोले यात्रुहरुलाई सुरक्षित यात्रा गराउने उद्देश्य रहेको प्रालिका संचालक एवं दुर्घटना न्यूनिकरण अभियानका संयोजक नारायण घिमिरेले बताएका छन् ।

मौसम र सडक दुबैक्षेत्रमा सुधार आएकोले रात्रीबस सेवा नियमित रुपमा संचालन गर्ने निर्णय गरिएको र सोही अनुसार सुरक्षा निकाय र ब्यबसायीहरुलाई परिपत्र समेत गरिएको बस ब्यबसायी हिमाल गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend