साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी साउन ९ ।
नवलपरासीमा प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ परेका छन । मंगलवार रामग्राम नगरपालिका वडा नं. ९ मधवलिया बस्ने ३० बर्षिय आजाद पाठकले आफ्नो घरमा ठूलो परिमाणमा लागू औषध लुकाई छिपाई राखी बिक्री बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पाठकको घर रितपुर्वक खानतलासी गर्दा २ वटा कोठा र भान्सा घरबाट बुप्रिनोर्फिन ७२ एम्पुल,फेनारगन ७८ एम्पुल, डाईजेपाम ७७ एम्पुल, ओनेरेक्स १ सय एमयलको बोतल ६ पिस, नाईट्रोभेट १०५ पिस, प्रोक्सीको स्पास क्याप्सुल ५१० पिस,यस पि यम पि आर यक्स टि ७५ पिस र एनसेलको सिम सहित ईनफ्लिक्स मोबाईल बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागू औषध बरामद गरी पाठकलाई पक्राउ गरी बुधवार लागू औषध सम्वन्धी कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend