logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी सम्पर्क समाज (भारत)को प्रशिक्षण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

भारतमा कार्यरत गुल्मेली हरुलाई संङ्ठित तथा सु-सुचित गर्ने ध्येय ले खोलिएको संस्था गुल्मी सम्पर्क समाज(भारत)ले कार्यसमितिका पदाधिकारीहरुको नेतृत्व बिकास तथा बोल्ने कलाको बिकास गर्ने अभिप्रायले ‘स्टेज उद्धोषण प्रशिक्षण कार्यक्रम’ सम्पन्न गरेको छ।

संस्था का अध्यक्ष टिका बहादुर कार्की को अध्यक्षता मा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रुपमा एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईण्ड्रस्टिज का अध्यक्ष युवराज बराल हुनुहुन्थ्यो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बराल ले ‘श्रीकृष्ण गण्डकी ले अंगालो मारेको गुल्मी ऐतिहासिक भुमी रहेको’औल्याउनु भयो।कार्यक्रम मा भनाई हरु राख्दै अध्यक्ष कार्की ले ‘ ऐक्यवद्ध हुने गुल्मेलीहरु को कला र ईमान्दारीता को ‘प्रसंसा गर्नुभयो।

संस्था महासचिव मुकुन्द पौडेल ले सञ्चालन गर्नुभएको कार्यक्रम मा पदाधिकारीहरुलाई नेपाल पत्रकार महासंघ(भारत) साखा का राष्ट्रिय परिषद सदस्य देबेन्द्र केसी ले प्रशिक्षण दिनुभएको थियो।नोयडा का समाजसेवी तथा समाज का ब्यवस्थापक सचिव गुन्जमान गौतम को नोयडा डि -३५,सेक्टर ५२ स्थित एनसिआर स्टे गेस्टहाउस को सभाहल मा सम्पन्न कार्यक्रम मा समाज मा बिभिन्न पदासिन ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend