साझा नेटवर्क
बारा ०२ श्रावण । बाराको देवताल गाउँपालिकाको अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवको भ्रष्टाचारको नमुना देखा परेको छ। प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले भ्रष्टाचार गर्नमा माहिर रहेकोले प्रायः गरी स्थानीय तहमा मै कार्यरत रहेको पाइन्छ।
गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले आफ्नो भ्रष्टाचारको ताण्डव नै मचाउन आर्थिक वर्ष २०८०/०८१ को अन्तिममा जेष्ठ र आषाढ महिनामा चलानी किताब खाली नै राखेका भेटिएको छ। चलानी किताब खाली राखी गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले कमिसन उठाउन पछिल्लो मितिमा नै कार्य आदेश दिई भुक्तानी गर्ने गरेको प्रमाणित हुने गरेको छ।

गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले पछिल्लो मिति कार्य आदेश नदिई भुक्तानी नगर्नु पर्ने भए चलानी किताब किन खाली राखिएको भनी प्रश्न वडा नं १ का वडा अध्यक्ष अरुण कुमार सिंह गरेका थिए। वडा अध्यक्ष सिंहको उक्त प्रश्नमा दर्ता चलानीमा भएको कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा खाली छोडिएको बताएका थिए। वडा अध्यक्ष सिँह चलानी किताब सहित उक्त कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव सगँ चलानी नम्बर किन खाली राखिएको छ। यसलाई बन्द गर्नु भनेपछि प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले यस्तै हुन्छ तपाई यहाँबाट जानु भनेर हप्काएका थिए।
वडा अध्यक्ष सिंहलाई प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले हप्काए पछि गाउँपालिका अध्यक्ष यादवलाई कल गर्दा कल रिसिव नगरेको जानकारी सिंहले गराएका छन्। साथै वडा अध्यक्ष सिँहले गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले चलानी किताबमा खाली राखी कराडौँको भ्रष्टाचार गरेको आरोप लगाएका छन्। पुरानो मितिमा भ्रष्टाचार गर्ने नियतले कार्य आदेश दिई लाखौँ लाखको योजनाहरु कागजमा नै समपन्न गरी भुक्तानी गरेको आरोप समेत लगाएका छन्। गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव आफुलाई बिकास प्रेमी नेताको दाबी गर्ने गरेका छन। तर काम चाँहि भ्रष्टाचार गर्ने रहेको छ। जसको उदाहरण नै बनेको चलानी किताब खालि राख्न लगाउनु रहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend