logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा सर्पको टोकाईबाट महिला मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी,नवलपरासी असार ३१ ।

नवलपरासीमा बिषालु सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । आईतवार प्रतापपुर गाउँपालिका वडा नं ८ गंगापुर बस्ने अन्दाजी ३२ बर्षिया रुना पालको मृत्यु भएको हो ।

बिहान करिब ४ बजेको समयमा आफ्नै घरमा सुती रहेको अवस्थामा नाम खुल्न नसकेका बिषालु सर्पले टोक्दा बेहोस भई उपचारको लागि बज्र दलको सर्प दंश केन्द्र त्रिबेणी लगीएको पनि उपचार हुन नसक्दा थप उपचारको लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा बिहान ८ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend