साझा नेटवर्क
काठमाडौं, असोज १६ ।
मदाने युवा क्लव बाँझकटेरीले यो वर्ष पनि आफ्नो बार्षिक उत्सव भब्यताका साथ मनाउने तयारी गरेको छ । क्लबका अध्यक्ष जयप्रकाश भुसालले असोज २७ र २८ गते विगतका बर्षहरुमा जस्तै यस क्लबको बार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरिने बताए ।
बार्षिक उत्सव कार्यक्रममा भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम,सम्मान तथा गाविसलाई क्याट्रिङ सामग्री वितरण गरिने बार्षिक उत्सवका कार्यक्रम संयोजक शिशिर भुसालले बताए । क्लवको स्थापना २०६६ सालमा भएको हो ।
क्लवले आँखा शिविर संचालन, स्वास्थ्य सामग्री वितरण, शैक्षिक सामग्री वितरण, अग्नी पीडितलाई राहत,बाढी पहिरो पीडितलाई राहत,जनचेतनामुलक कार्यक्रम लगायतका काम गर्दै आएको र आगामी दिनमा समेत गर्ने सचिव विक्रम जिएमले बताए ।
गाविसमा एम्बुलेन्सको व्यवस्था मिलाउने लक्ष्य समेत क्लबले लिएको छ । को को आउँदै छन् कलाकार ? क्लवले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा बसन्त थापा,भूमिका गीरी, तारा थापा मगर, सन्तोष लम्साल शिशिर भुसाल सांस्कृतिक कार्यक्रममा आउने क्लवले जनाएको छ ।
सुनिल थापा, कुञ्जमणी थापा, विक्रम जिएम, कमलसिंह झाँक्री, सपना भण्डारी, पोषण जिएम,निराजन डाँगी अनिल थापा मगर लगायतका कलाकार कार्यक्रममा सहभागी हुने क्लवले जनाएको छ ।
बाँकटेरीमा विहान ७ बजेदेखिनै कार्यक्रमहरू संचालन गरिने क्लवले जनाएको छ । क्लबका अनुसार उक्त कार्यक्रम फरक स्वादको हुने छ । प्रत्यक्ष दोहोरीको घम्साघम्सीमा पनि रमाउन पाइने अध्यक्ष भुसालले बताए ।
उनले मादल, बाँसुरी, ढालोक, हार्मोनियम लगायतका साम्रगी बजार प्रत्यक्ष दोहोरी समेत सञ्चालन गरिने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend