साझा नेटवर्क
गुल्मी । रेसुङ्गा नगरपालिका गुल्मी ले ७८ करोड ३५ लाख ५ हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १५ औं नगरसभाको दोस्रो दिन सोमबार नगरपालिका प्रमुख खिलध्वज पन्थीले कुल ७८ करोड ३५ लाख पाँच हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।

जस अन्तर्गत चालु बजेट तर्फ ५६ करोड २० लाख ७८ हजार रहेको छ । पुँजीगत तर्फ २२ करोड १४ लाख २७ हजार रुपैयाँ रहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि गत शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नगरपालिकाले शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याएको छ ।
नगरपालिकाको चालु अधिवेशनको तेश्रो बैठक २०८१ असार १५ गते आइतबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको थियो । बजेट भाषणको पूर्णपाठ

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend