logo
  • शुक्रबार, असोज ९ २०८३

हात्ती दाह्राको अवैध व्यापारमा श्याम र नबिजानको संलग्नता रहेको चर्चा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रन्जीत चौरासिया, वीरगंज ११ आषाढ । पर्सा प्रहरीले हात्तीको दाह्रा सहित अवैध व्यापारमा संलग्न तीन जनालाई बितेको शुक्रवार ७ गते नै पक्राउ गरी सार्वजनिक गरिसकेको छ । पक्राउ पर्नेहरुमा पर्सा ठोरी गाउँपालिका– ४ बिजय बस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंङ लामा, वीरगन्ज महानगरपालिका बस्ने ४० वर्षीय प्रेम शर्मा र वीरगंज–३१ का अमिरी साह छन् ।

 विगत केही महिना अघि देखि ठोरी गाउँपालिका गोरखपुर टोलमा केही अपरिचित व्यक्तिहरूले हात्तीको दाह्रा बिक्री गर्नको लागि ग्राहकको खोजी गरिरहेको सूचना पाएपछि प्रहरीले छापा मार्दा स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनी करीब २१-२१ किलो तौलको दुई वटा हात्तीको दाह्रा जस्तो देखिने बस्तुहरू फेला परेको हो । उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाईएको छ । 

विशेष स्रोतको अनुसार पक्राउ पर्नेहरूलाई संरक्षण गर्ने श्याम यादव र नविजान अली रहेको बताइन्छ । वीरगंज महानगरपालिका वडा नं. २९ मुसैली निवासी श्याम यादव र रतनपुर निवासी नविजान अलीको सो दाह्राको कार्यमा संलग्नता रहेकोले अनुसन्धान अधिकारीहरूले कलडिटेल निकालेर अनुसन्धान गर्दा पुष्टि हुन सक्ने ती स्रोतको दाबी रहेको छ । यस सन्दर्भमा श्याम यादव र नबिजान अली सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend