सज्जन ढकाल गुल्मी २१ जेठ । गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ पूर्तिघाटको ओकेङ्गमा जिप दुर्घटना भएको छ । आज बिहानको करिब ९ बजे तिर ग २ च ३२६२ नम्बरको डबल क्याप जिप दुर्घटना भएको हो ।सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्से बाट बुटवल हिडेको गाडी दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।गाडीमा ७ जना सवार रहेका थिए । गाडी अनियन्त्रित सवारका कारण दुर्घटना भएको पूर्तिघात प्रहरी चौकिले जनाएको छ ।