साझा नेटवर्क
कमल पौडेल, गुल्मी जेठ ११ ।
मुसिकोट युवा क्लव, मुसिकोट गुल्मीको आयोजनामा जिवन रुपान्तरणका लागि सकारात्मक सोच सम्बन्धि एक दिने उत्प्रेरणात्मक अभिमुखिकरण कार्यक्रम वामीटक्सारमा सम्पन्न भएको छ । युवाहरुमा आएको बढ्दो निराशालाई कम गर्दै सकारात्मक सोचको विकास गर्ने उद्धेश्य सहित आयोजना गरिएको कार्यक्रममा ६० जना भन्दा वढि युवाहरुको सहभागिता रहेको थियो।
उत्प्रेरक वक्ता तथा प्रशिक्षक संगम महतले सहजिकरण गर्नुभएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि, तत्कालिन वामी गाविसका पूर्व गाविस अध्यक्ष हरिनारायण सापकोटा, शिक्षक महासंघ मुसिकोटका अध्यक्ष एवं महेन्द्र आदर्श माविका प्रधानाध्यापक देविराम शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सोही कार्यक्रमकै अवसरमा क्लवले मुसिकोट नगरपालिकामा नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिलाई स्वागत सहित सम्मान गरेको थियो।
कार्यक्रम क्लवका अध्यक्ष वसन्त अधिकारीको अध्यक्षता, उपाध्यक्ष दिनेश सिंह ठकुरीको स्वागत मन्तव्य, क्लवकै वडा नं. ७ अध्यक्ष शिला खरेलको स्वागत गित तथा महासचिव विष्णुप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो। डेढवर्ष अगाडि मुसिकोट नगरपालिकामा स्थापना भएको क्लवले विभिन्न रचनात्मक कामहरु गर्दै आएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend