logo
  • शुक्रबार, असोज ९ २०८३

पाेखराबाट तम्घास आउँदै गरेको बस दुर्घटना : १३ घाईते, एकजनाको अवस्था गम्भीर


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, जेठ ३ ।
पाेखराबाट गुल्मी आउँदै गरेको बस रिडीमा दुर्घटना भएको छ । जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ मक्वादी स्थित रिडी-तम्घास पक्की सडक खण्डमा पोखराबाट तम्घास तर्फ आउँदै गरेको लु १ ख ८१७५ नम्बरकाे बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।

बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई दुर्घटना भएको थियो । उक्त बसमा १३ जना यात्रुहरु सवार रहेका थिए । जसमा १ जना सिरियस घाइते भएका छन् । जसको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार हुँदैछ । अन्य घाईतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend