logo
  • शुक्रबार, असोज ९ २०८३

पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै साथै भ्रष्टाचार गर्नमा एकजुट


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

 बारा १ जेष्ठ। बाराको देवताल गाउँपालिकामा तिन जना पदाधिकारी मिलि जनतालाई गुमराह पार्ने गरेका छन्। भने भ्रष्टाचार गर्नमा एकजुट हुने पाइएको छ। साथै गाउँपालिकामा अन्य कर्मचारी भएता पनि गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले आफ्नो भ्रष्टाचार गर्न सहज हुने उद्देश्यले एउटै कर्मचारीलाई प्रशासन शाखा प्रमुख, योजना शाखा प्रमुख र शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा राजिव यादवलाई राखेको पाइएको छ। कुनै पनि कार्यालयको मेरुदण्ड भनेको उक्त कार्यालयको प्रशासन शाखा हुने गरेको छ। तर प्रशासन शाखासँगै पालिकाको योजनाहरुबाट कमिसन उठाउन तथा आफ्नो आसेपासेलाई योजना बितरण गर्न सहज हुने उद्देश्यले सोहि ब्यक्तिलाई योजना प्रमुख सहित शिक्षा प्रमुखको जिम्मेवारी दिइएको छ।

 यादवलाई नै तीनवटा फाँट प्रमुखको जिम्मेवारी दिईएको कारण देवताल गाउँपालिकामा भ्रष्टाचार मौलाएको स्थानीयहरुले आरोप लगाएका छन्। भने जनताको कामकाजमा तिनै फाँटको प्रमुख राजिव यादवले गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवसँग कुरा गर्न आग्रह गर्ने गरेको गुनासो रहेको छ। भने गाउँपालिका अध्यक्ष यादवले आफूलाई कर्मचारीहरूले नटेर्ने तथा प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवसँग कुरा गर्ने बताउने गरेका छन्। 

किनभने प्रमुख प्रशासकीय अधिकृतलाई नै नीति नियम जानकारी हुने समेत गाउँपालिका अध्यक्ष यादवले बताउने गरेको गुनासो रहेको छ। तर प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तव धेरै जसको कार्यालयमा अनुपस्थित हुने गरेको पाइन्छ। साथै कहिलेकाँही कार्यालयमा पुगे पनि कुन बेला आएको र कुन बेला गएको जनतालाई जानकारी नै नहुने गरेको समेत गुनासो रहेको छ। पालिकामा आफ्नो व्यक्तिगत लाभ हुने कामकाज भए तिनै जना एकजुट भई कहिले कलैयामा बसि त कहिले वीरगञ्जमा बसी कागजात पार्ने गरेको समेत गुनासो रहेको छ। यस विषयमा प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवसँग कुरा गर्दा त्यस्तो केही नभएको बताएका छन्। साथै करिब एक हप्ता पहिला वडा नं ७ का वडा अध्यक्ष सतेन्द्र यादवले आफूसँग अभद्र व्यवहार गरेको सर्वविदितै छ। उक्त कुराको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको नेतृत्वमा मिलापत्र भएपछि मेरो स्वास्थ्यमा समस्या आएकोले कार्यालय जान नसकेको बताएका छन्। साथै स्वास्थ्यमा सुधार भएसँगै नियमित कार्यालय जाने गरेको बताउँदै जनताको कामकाज भईरहेको दाबी समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend