साझा नेटवर्क
सहबान अन्सारी ,नवलपरासी २८ बैशाख । नवलपरासीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन्। शुक्रवार सुस्ता गाउँपालिका वडा नं.३ कुडियाबाट दक्षिण तर्फ बिगैप तिर जाँदै गरेको लु ३ त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बाटोको छेउमा पल्टँदा ट्याक्टरमा सवार सुस्ता गाउँपालिका वडा नं.५ तरैनी बस्ने १५ बर्षिया गोलु( रोहित)कम्करको मृत्यु भएको सूचना अधिकारी रेशम बोहराले बताए।
दुर्घटनामा परि ट्याक्टर चालक सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही बस्ने अन्दाजी २१ बर्षिया सुकई मल्लाह गम्भीर घाइते भएको र उनलाई उपचारका लागि पृथ्वी चन्द्र अस्पतालमा प्रहरीले पठाएपछि थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend