logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा सशस्त्र प्रहरी द्वारा मदिरा नष्ट


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी,नवलपरासी बैशाख २३ ।

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा करिब ३० हजार मुल्य बराबरको मदिरा नष्ट गरिएको छ ।

शनिवार प्रतापपुर गाउँपालिका वडा नं. ६ गुठीपरसौनीको सिमानाकाबाट नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक भुवन खडकाको नेतृत्वमा खटिएको मोबाईल गस्ती टोलीले २५ पेटी मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्लेले जिल्ला भित्रका बोर्डर आउट पोष्ट र सुरक्षा बेसहरुबाट खटिएको गस्तीटोलीहरुलाई सीमा सुरक्षासहित विभिन्न नाकाहरुबाट हुने तस्करीहरुलाई निरुत्साहित गर्नको लागि निगरानी बढाउन निर्देशन समेत दिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend