साझा नेटवर्क
साझा नेटवर्क,गुल्मी बैशाख १६ ।
गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गले बिधालयका अभिभावकहरु लाई भत्ता दिने भएको छ । नयाँ शैक्षिकसत्र सुरु हुन लागेको अबसर पारि वडाले वर्षमा सबैभन्दा धेरै दिन बिधालयमा उपस्थित हुने अभिभावक मध्ये एकजना लाई भत्ता सहित सम्मान गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय सामुदायिक बिधालयहरुको नतिजा खस्कदै गएको कुरालाई मध्यनजर गर्दै आगामी वर्षमा शैक्षिक स्तर सुधार गर्ने उदेश्य सहित वडाले यस्तो निर्णय गरेको हो । अग्लुङ भित्रका सम्पुर्ण सामुदायिक बिधालयहरुमा अभिभावक हाजिरी रजिस्टरकाे ब्यबस्था गरेर सबैभन्दा धेरै दिन बिधालयमा उपस्थित भएर आफ्ना छाेराछाेरिकाे पढाइको बिषयमा चासो राख्ने अभिभावक लाई शैक्षिकसत्रकाे अन्तिममा ३ हजार भत्ता सहित सम्मान गर्ने निर्णय भएको वडा अध्यक्ष सुशील चन्दले बताए ।
अभिभावकहरुकाे सामुदायिक बिधालयप्रति चासाे कम हुँदै गएको र बिधालयले पत्रचार गर्दा पनि उपस्थित नहुने समस्याले गर्दा शिक्षक, विद्यार्थी र अभिभावक बिच समन्वयन हुन नसक्दा एक रुपता आउन नसकि विद्यालयले सोचेजस्तो गुणस्तरीय शिक्षा दिन र नतिजा हाँसिल गर्न नसकेको निचाेड निकाल्दै वडाले यस्तो निर्यण गरेको हाे ।
पछिल्लो समयमा सामुदायिक बिधालयहरुमा अभिभावकहरुमा चासाे घटदै गईरहेकाे छ । हाल अग्लुङ भित्र २ माध्यमिक र ४ आधारभूत गरि जम्मा ६ वटा बिधालय संचालनमा रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend