logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा ६ लाख बढीको अबैध सामान प्रहरीको नियन्त्रणमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी,नवलपरासी बैशाख १६ ।

नवलपरासीमा ६ लाख ८८ हजार ९ सय ४० रुपैंया बराबरको अबैध सामान तथा मानिस प्रहरीले नियन्त्रणमा लिएको छ ।

आईतवार सरावल गाउँपालिका वडा नं.७ मधवलिया स्थितबाट २ वटा आटोमा नेपालबाट भारत तर्फ लैजादै गरेको ५ लाख ६५ हजार ५ सय मुल्य बराबरको १८ वटा बाख्रा तथा आटो चालक सहित प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुर स्थितबाट भारतबाट नेपाल तर्फ ल्याउदै गरेको १ लाख २३ हजार ४ सय ४० रुपया बराबरको बिभिन्न थान तथा रेडिमेड कपडाहरु जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको बाख्रा,अटो चालक र कपडा समेत आवश्यक कारवाहीको लागी भंसार कार्यालय महेशपुर पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend