साझा नेटवर्क
सहबान अन्सारी,नवलपरासी बैशाख १६ ।
नवलपरासीमा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । आईतवार रामग्राम नगरपालिका वडा नं. ७ उजैनी स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले महेशपुर बाट परासी तर्फ आउदै गरेको युपी ५६ ई २८७६ नम्बरको मोटरसाईकललाई शंकाको आधारमा चेकजाँच गर्दा मोटरसाईकल चालक रामग्राम नगरपालिका वडा ७ उजैनी बस्ने ५३बर्षिय निर्मल नेटुवाको साथ बाट लागु औषध प्रहरीले बरामद गरेको हो ।
नेटुवाले ( कम्मरमा रुमालले बेरी ल्याएको अवस्थामा ) लागुऔषध डाईजेपाम ४६ एम्पुल, फेनारगन ४८ एम्पुल र नुफिन ४९ एम्पुल लागुऔषध सहित नियन्त्रणमा लिई सम्मानित अदालतबाट लागु औषध सम्बन्धि कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend