साझा नेटवर्क
सज्जन ढकाल, ३ बैशाख, गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाले सेवा प्रवाह सम्बन्धी जनता लक्षित सेवा दिने उद्देश्य रहेको एक दिने एकीकृत घुम्ती शिविर सम्पन्न गरेको छ । वडा नम्बर ७, भुर्तुङ्गको श्री दुर्गा भवन माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर आयोजना गरिएको हो ।
शिविरमा सामान्य चेकजाँच तथा औषधि बितरण ,गर्भवती सुत्केरी महिला सँग उपाध्यक्ष भेटघाट, तरकारी मिनी कीट बितरण तथा कृषि समूह नवीकरण, परजिवी नियन्त्रण औषधि बितरण तथा पशु बन्ध्याकरण, ज्येष्ठ नागरिकका लागि सहायता सामाग्री बितरण, ज्येष्ठ नागरिक परिचय पत्र बितरण ,उपभोक्ता सचेतना, व्यवसाय दर्ता नवीकरण ,व्यक्तिगत घटना दर्ता ,योजना सम्बन्धी विविध कार्य ,शैक्षिक परामर्श ,श्रम स्वीकृत, दन्त उपचार सेवा, गर्भवती महिला भिडियो एक्सरे सेवा सञ्चालन गरिएको थियो ।

ज्येष्ठ नागरिक परिचय पत्र बितरण सँगै शिविर सञ्चालनमा गाउँपालिकाले प्राविधिक व्यवस्थापन सबल बनाउन सकेन सही समयमा सूचना जनसमुदाय माझ पुर्याउन प्रचार प्रसार पोस्टर पम्प्लेट व्यापक गर्न नसक्दा सन्तोष जनक सहभागिता भए पनि उल्लेखनीय सहभागिता हुन सकेन ।कालीगण्डकी गाउँपालिका आयोजक रहेको उक्त शिविरमा पालिकाले आफै मेस सञ्चालन गरि आर्थिक मितव्ययी अपनाएको हो ।शैक्षिक परामर्श, श्रम स्वीकृति डेस्कमा सेवा लिनेको संख्या शून्य रहेको थियो ।
शिविरमा सामान्य चेकजाँच तथा औषधि वितरणमा १७३ जना गर्भवती सुत्केरी महिला सँग उपाध्यक्ष भेटघाटमा ५ जना तरकारी मिनी कीट वितरणमा २५१ जना परजिबी नियन्त्रण औषधि वितरणमा २०१ ज्येष्ठ नागरिकका लागि सहायता सामाग्री वितरणमा ४२ जना, ज्येष्ठ नागरिक परिचय पत्र वितरणमा ७५ जना ,उपभोक्ता सचेतनामा शून्य व्यवसाय दर्ता नवीकरणमा ३ जना ,व्यक्तिगत घटना दर्तामा शून्य ,योजना सम्बन्धी कार्यमा ९ वटा योजना सम्झौता गरिएको छ । दन्त उपचार सेवामा ९७ जना गर्भवती महिला भिडियो एक्सरे सेवामा ८ जना आयुर्वेद सेवामा १७३ जनाले सेवा लिएका थिए।

लागत तय नगरी गाउँपालिकाले शिविर सञ्चालन गर्नु भद्रगोल व्यवस्थापन हो । खर्चिलो व्यवस्थापनलाई न्यूनिकरण गर्न मेस सञ्चालन जस्ता फण्डाका काम गरेतापनी घुम्ती शिविरको लागत तय गर्न नसक्नु प्रशासकीय सबल पक्ष होइन । लागत तय नगरी सेवा प्रवाह गर्नु सेवा पश्चात् संख्यात्मक तुलनामा लागत तोकिनु कालीगण्डकीको नीतिगत बेइमानीको संकेत हुन सक्ने अवस्था सृजना भएको देखिन्छ ।
गर्भवती र सुत्केरी ५ जना महिलालाई तीन वडा कुखुराको भाले र अण्डा वितरण गरिनुका साथै ज्येष्ठ नागरिकका लागि सहायता सामाग्री बितरण अन्तरगत ४२ जना ८० वर्ष पुगेका वृद्ध वृद्धाहरुलाई थर्मोस र टर्च लाइट बितरण गरिएको हो । कार्यक्रम पूर्ण रुपमा सफल भएको जनतालाई सेवा दिने अभियान अन्तरगत यस शिविर आयोजना गरिएको कालीगण्डकी ७,भुर्तुङ्गका वडा अध्यक्ष घनश्याम थापाले बताउनु भयो ।

जनता लक्षित कार्यक्रममा स्थानीयको उल्लेखनीय उपस्थिति हुनु सबल पक्ष भएको उपाध्यक्ष मन्जुकुमारी दर्लामीले बताउनु भयो । जनता लक्षित कार्यक्रम सफल हुनुका साथै यस शिविरको लागत केही दिनमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत नरेश गिरिले बताउनु भयो ।

लागत तय नगरी गाउँपालिकाले शिविर सञ्चालन गर्नु भद्रगोल व्यवस्थापन हो । खर्चिलो व्यवस्थापनलाई न्यूनिकरण गर्न मेस सञ्चालन जस्ता फण्डाका काम गरेतापनी घुम्ती शिविरको लागत तय गर्न नसक्नु प्रशासकीय सबल पक्ष होइन । लागत तय नगरी सेवा प्रवाह गर्नु सेवा पश्चात् संख्यात्मक तुलनामा लागत तोकिनु कालीगण्डकीको नीतिगत बेइमानीको संकेत हुन सक्ने अवस्था सृजना भएको देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend