साझा नेटवर्क
अनिल खत्री,गुल्मी चैत्र २९ |
गुल्मीमा पुर्ण पोषण मैत्रि स्वास्थ्य संस्था घोषणा कार्यक्रम सप्पन्न भएको छ । जिल्लाकाे रेसुङ्गा नगरपालिका ०८ खानिगाउँमा रहेको वडा कार्यलयले सो कार्यक्रम सम्पन्न गरेको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा ०८ खानीगाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्रको आयोजना तथा वडा कार्यलयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको खानीगाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख रिम कुमारी श्रीसले बताईन । कार्यक्रम रेसुङ्गा नगरपालिकाका वडा ०८ का वडा अध्यक्ष निराजन थापाको सभाध्यक्ष्य , रेसुङ्गा नगरपालिकाकि उपमेयर अमृता देबि कुवरको प्रमुख आतिथ्यता,रे न पा स्वास्थ्य शाखा प्रमुख मन्जु घर्ती ,स्वास्थ्य कार्यलय गुल्मीका प्रतिनिधि तारा ब कार्की ,रे न पा ०८ का वडा सदस्य ज्यु हरुको विशेष आतिथ्यतामा सुरु भएको कार्यक्रम वडा सदस्य कृष्ण प्रसाद भन्डारीको स्वागत मन्तब्य र वडा सचिब निर्मला रोकाको सन्चालनमा सप्पन्न भएको हो ।
चैत्र २९ गते बिहान ०९ बजे बाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुवरले नगर भित्र सुरुमै पुर्ण पोषण मैत्रि स्वास्थ्य संस्था घोषणा गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताईन । नगर हरेक समयमा जनताको साथमै रहि यी र यस्ता कार्य गर्न तयार रहेको र वडा ०८ मा ढिलो यो सस्था समुदघाटन भए पनि छिटो घोषणा कार्यक्रम गर्न पाउँदा सम्पुर्ण आयोजक समुहलाई धन्यवाद ज्ञापन गर्नु भयो । त्यस्तै वडा अध्यक्ष निराजन थापाले सम्पुर्ण जनप्रतिनिधि ,ब्यबस्थापन समितिका पधादिकारी,सम्पुर्ण स्वास्थ्यकर्मी ,स्वयम् सेविका र वडा भित्रका सरोकारवालाहरुको निरन्तर सहयोग र साधनाले खानीगाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई पोषण मैत्रि वडाको रुपमा घोषणा गर्न सम्भब भएको बताए । थापा थप्छन नगर भित्र कान्छो संस्था भए पनि हरेक कार्यमा अगाडि रहेको र यी र यस्तै कार्य जनताको हक हितको लागि गरिरहने बताए ।
२०७९ आषाढ १२ गते सोही केन्द्र समुदघाटन भई सेवा प्रारम्भ भएको थियो । जसले विशेष त खोप किल्निक सन्चालन गरेको छ । पोषण सेवाका कार्यक्रम अन्तर्गत सुरुवाती चरण देखि नै ०५ बर्ष मुनिका बालबालिकालाई समय समयमा जारी प्रोटोकल बमोजिम तौल अनुगमन गर्ने ,परामर्श दिने, वडा भित्रका स्वास्थ्यकर्मी हरु ,स्वयम सेविकाहरुलाई तालिम दिने,गर्भबती महिला हरुलाई आईरन लगाएतका भिटामिन सम्बन्धी प्रवर्धन ,पोसिलो खाना बनाउने तरिका लगायतका कार्य गरिरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend