logo
  • शुक्रबार, असोज ९ २०८३

वीरगंजकाे विकासकाे बाधा हटाउन सर्वाेच्च अदालतलाई सांसद यादवकाे ध्यानाकर्षण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

काठमाडौं, २० चैत । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले वीरगंजकाे विकासकाे बाधा हटाउन सर्वाेच्च अदालतकाे ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाकाे शून्य समयमा बाेल्दै यादवले सर्वाेच्चमा मुद्दा अड्किँदा ओद्याेगिक सहर वीरगंजकाे मुख्य सडक नै विस्तार हुन नसकेकाे बताए । वीरगन्जकाे मुख्य सडक मुद्दाका कारण केही वर्षदेखि ओझेलमा परेकाे उनकाे भनाइ छ ।

त्रिभुवन राजपथमा पर्ने मुख्य सडक सडक ऐन २०३१ अनुसार मुख्य सडककाे मापदण्डभित्र पर्छ । सडक ऐनले नै सडककाे क्षेत्राधिकार ताेकी ऐनकाे क्षेत्राधिकार अन्तर्गत वीरगन्जकाे मुख्य सडक २५/२५ मिटर फराकिलाे पार्न सडक विभागले वीरगंजकाे गण्डक चाेकदेखि घण्टाघर माइस्थान हुँदै मितेरी पुलसम्मकाे ८ किलोमिटर मुख्य सडक विस्तारकाे कार्य २०७६ कात्तिक १७ गतेदेखि गर्नेगरी सडक विभागले प्रक्रिया अगाडि बढायाे,´ उनले भने,तर, त्यही बेला केही स्थानीयले सर्वाेच्च अदालतमा मुद्दा दायर गर्याे ।

मुद्दाको छिनाेफानाे नहुँदा वीरगन्जकाे विकास नै ओझेलमा परेकाे छ ।´ यादवले थपे, `त्यसकारण सभामुखमार्फत सर्वाेच्च अदालतकाे ध्यानाकर्षण गराउन चाहन्छु कि मुद्दाको छिनाेफानाे तुरून्त गरेर वीरगंजकाे विकासकाे बाधा हटाइदिन अनुराेध गर्न चाहन्छु ।´

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend