logo
  • शुक्रबार, असोज ९ २०८३

कार्यालय समय १० बजे कालीगण्डकीमा कर्मचारी होइन कुर्सी मात्र 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

 सज्जन ढकाल, गुल्मी चैत्र ,२० ।  गुल्मीको कालिगण्डकी कार्यपालिकाको कार्यालय पूर्तिघाटमा कार्यालय समय दश बजे कर्मचारी होइन कुर्सी मात्र हुन्छन् । देशमा संघीयता पश्चात् सिंहदरबारका अधिकार गाउँगाउँ आए पनि जनताका अधिकार होइन भुरे राजा र कर्मचारीको मनपरी तन्त्र हाबी भएको छ । सिंहदरबार होइन यहाँ सिंह मात्र आएका हुन भने जस्तो तितो यथार्थ देखिएको छ । 

कालीगण्डकीमा कर्मचारीको मनमर्जी सँगै निर्वाचित जनप्रतिनिधिको अवैध शासन चल्ने गर्दछ । अवैध शासन भित्र गैरकानुनी अवैध निर्णय हुने गरेका छन् । शिक्षक सेवाको रिजल्ट पश्चात् बिस्थापित बनेका शिक्षकहरूलाई विज्ञापन प्रकाशित नगरी अवैध नियुक्ति दिइएको थियो ।तसर्थ कालीगण्डकीमा विधिको शासन होइन भुरे राजा रजौटाहरूको मनपरी तन्त्र हाबी बन्दै गैरहेको छ । 

कालीगण्डकी गाउँ कार्यपालिकाका कर्मचारी कार्यालय समय दश बजे अनुपस्थित हुने गरेको तथ्य बाहिरिएको हो । चैत्र १३ र १४ गते दुई दिन साझा नेटवर्क डटकमको निगरानीले यस्तो तथ्य बाहिरिएको हो । बिहानको ठिक दश बजे कार्यालय समयमा विभिन्न शाखाका कर्मचारी अनुपस्थित भएका हुन् । राजनैतिक संरक्षणको आडमा कालीगण्डकीमा कर्मचारीको दादागिरी चल्ने गरेको छ । चैत्र १३ र १४ गते कार्यालय समयमा छड्के निगरानी गर्दै कार्यालय प्रवेश गर्दा पशु सेवा शाखा, स्वास्थ्य शाखा, महिला बालबालिका तथा जिन्सी शाखा, लेखा शाखा, सूचना प्रविधि शाखा, शिक्षा शाखा ,योजना तथा प्रशासन शाखा ,प्रशासकीय अधिकृतको कार्य कक्षमा कुर्सी मात्र थिए । चैत्र १३ गते बिहान दश बजे प्राविधिक शाखाका इन्जिनियर सत्य नारायण राय, दिलिप आउजी र लेखा शाखाका आन्तरिक लेखा परीक्षक सहायक गोबिन कार्की मात्र उपस्थित रहेका थिए । 

चैत्र १३ र १४ गते योजना शाखा प्रमुख चोक बहादुर श्रीस तालिमको लागि राजधानी गएकाले अनुपस्थित थिए । सूचना अधिकारी ओम थापा बिदामा थिए । प्राविधिक सहायक संगीता जिसी र इम्प्लोइमेन्ट कोर्डिनेटर यम बहादुर थापा अनुपस्थित थिए । स्वास्थ्य शाखा प्रमुख चन्द्र थापा १४ गते बिदामा थिए । १३ गते दश बजे कार्यालय समयमा अनुपस्थित थिए । तर केही घण्टा पश्चात उपस्थित थिए । 

हामी १३ गते पुनः केही घण्टा पछि कार्यालयमा प्रवेश गर्दा केही शाखामा कर्मचारी उपस्थित रहेका थिए । शिक्षा शाखा प्रमुख अग्निधर पराजुली उपस्थित थिएनन् ।सूचना प्रविधि शाखा भित्र कम्प्युटर अपरेटर ऋषिराम राना दश बजे र केही घण्टा पछि पनि कार्यालयमा अनुपस्थित थिए । १४ गते ठिक समयमा कार्यकक्षमा उपस्थित नभएपनि राना कार्यालयको पहिलो कक्षमा कार्य गर्दै गर्दा भेटिए । 

पशु सेवा शाखामा राजेन्द्र न्यौपाने, लेखा शाखामा होबनाथ न्यौपाने, महिला बालबालिका तथा जिन्सी शाखामा सरस्वती पुन, शिक्षा शाखामा अग्निधर पराजुली , स्वास्थ्य शाखा चन्द्र थापा, सूचना प्रविधि शाखामा कर्मचारीको तस्बिर मात्र झुन्डिरहेको थियो ।प्रमुख प्रशासकीय अधिकृत नरेश गिरि कार्यालय समयमा दुई दिन नै अनुपस्थित थिए । नेपाल सरकारले बिहानको ठिक दश बजे देखि बेलुकाको समय अनुकुल चार वा पाँच बजे सम्म कर्मचारी कार्यालयमा बस्नु पर्ने कार्यालय समय तय गरेको छ ।

 १४ गते कार्यालय समय बिहानको दश बजे प्राविधिक शाखाका इन्जिनियर सत्यनारायण राय ,दिलिप, आउजी, कृष्ण बहादुर समाल ,प्रविन कुमार राय ,सब इन्जिनियर तुलसी कुमार चौधरी शिक्षा शाखामा शिक्षा प्रशासन सहायक सुन्दर आले ,सूचना प्रविधि शाखामा तिलक थापा मात्र उपस्थित थिए । अन्य सम्पूर्ण शाखामा कुर्सी मात्र सीमित थिए । 

सेवा ग्राही मर्कामा नपरे यस्तो सामान्य विषयले खासै महत्व नराख्ने कर्मचारी अभावले गर्दा बिहान देखि रातको दश बजे सम्म पनि कार्यालयमा कर्मचारीले काम गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले बताउनु भयो । गाउँपालिकाका कर्मचारी कार्यालय समयमा अनुपस्थित भएको बारे गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले गुल्मी जिल्लामै कालिगण्डकीका कर्मचारी २४ घण्टा काम गर्ने , कर्मचारी कार्यालयमा उपस्थित हुने आआफ्नो समय भएको बताउनु भयो । 

हामीले छड्के निगरानी गर्दै गर्दा अध्यक्ष थापा कार्यालय आइपुग्नु भएको थियो ।लेखा शाखा ,योजना शाखा ,शिक्षा शाखा ,जिन्सी शाखा ,सूचना प्रविधि शाखा ,स्वास्थ्य शाखा ,पशुसेवा शाखामा कर्मचारी नभएको तर केही समयमा आउने जानकारी गराउनु भएको थियो । घन्टौँ सम्म कर्मचारी कार्यालयमा उपस्थित थिएनन् । कर्मचारी कार्यालय समयमा उपस्थित हुनु पर्ने उपाध्यक्ष मन्जु कुमारी दर्लामीले बताउनु भयो । कालीगण्डकीमा कर्मचारी कार्यालय समयमा अनुपस्थित भएको बारे सम्बन्धित निकाय निर्वाचित जनप्रतिनिधिको अभिव्यक्ति गैरजिम्मेवार पूर्ण रहेको छ । घुमाउरो शैलीमा राम्रो बताए पनि कर्मचारी कार्यालय समयमा उपस्थित नहुनु र संरक्षण गर्नु कानुनी राज्यको ठाडो उल्लंघन हो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend