logo
  • शुक्रबार, असोज ९ २०८३

पाल्पामा नुहाउन गएकी युवतीको बीभत्स हत्या


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

चैत्र १४, पाल्पा । पाल्पामा एक युवतीको घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको घटनाको  अनुसन्धान गर्नको लागि भैरहवाबाट  कुकुर घटनास्थलमा लगिएको  छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा १९ बर्सिया पदमा सुनारको हत्या भएको अवस्थामा मङ्गलवार साँझ युवतीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी  सुगन्ध श्रेष्ठले हत्याको विषयमा अनुसन्धान गर्नेको लागि भैरहवाबाट तामिल प्राप्त कुकुरलाई  घटनास्थल लगिएको  बताए। उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। शवलाई अहिले पोष्टमाट्मको लागि जिल्ला अस्पताल तानसेन  ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend