साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत्र १० ।
लडेर मेरुदण्ड भाँचिएकी सेति भनिने थम्मन कुमारी रानाको उपचारको लागि सहयोगीहरुबाट संकलित ६ लाख वढि रकम जनप्रतिनिधिको रोहवरमा परिवारलाई हस्तान्तरण गरिएको छ। बडिगाड गाउँपालिका वडा नं. २, सिमलचौर निवासी थम्मन कुमारीको लडेर मेरुदण्डको माथिल्लो भाग भाँचिएको थियो।
आर्थिक अवस्था कमजोर भएकि रानाको उपचारको लागि भन्दै विभिन्न समुह तथा संस्थाको तर्फवाट सहयोग अभियान चलेको थियो। सो रकम विरामीको घरमै पुगी थम्मन कुमारीका ससुरा मन बहादुर रानालाई हस्तान्तरण गरिएको हो।
जस अनुसार दिन बहादुर केसि (विष्णु) नेतृत्वको हेल्पिङ ह्याण्डस् ग्रुपमार्फत ३ लाख ६८ हजार ८ सय ८२, सञ्जय अधिकारी, पाण्डव अधिकारी लगाएत अधिकारी बन्धुको पहलमा गणतन्त्र चेकमा रहने नेपाली दाजुभाइहरुबाट संकलित २ लाख २ हजार २ सय ६६ र नेपाल रेडक्रस सोसाइटि दगातुन्डाडा उपशाखा खर्वाङको पहलमा संकलित ४४ हजार ७ सय ५५ तथा अन्य ४ हजार गरि कुल ६ लाख १९ हजार ९ सय ३ रुपैयाँ हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा वडा सदस्य विष्णुमाया अर्याल हेल्पिङ ह्याण्डस् ग्रुपका संयोजक दिन बहादुर केसि, चेकका दाजुभाईहरुको प्रतिनिधिको रुपमा कमल पौडेल तथा नेपाल रेडक्रस सोसाईटि उपशाखा दगातुन्डाडाका सभापति खगिश्वर अर्याल लगाएत रेडक्रसका पदाधिकारी सहित रेडक्रसकर्मि एवं स्थानियहरुको सहभागिता रहेको थियो।
गत माघ २८ गते लडेकी थम्मनकुमारीको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर तथा स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा उपचार भैरहेको छ। हाल स्वास्थ्यमा केहि सुधार भएको र अझै धेरै समय अस्पतालमै बस्नुपर्ने अवस्था रहेको अस्पतालमै रहेकी शोभा रानाले जानकारी दिनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend