logo
  • शुक्रबार, असोज ९ २०८३

विश्व क्षयरोग दिवसको अवसरमा बडिगाडका जनस्वास्थ्य अधिकृत दिपेन्द्र केसि सम्मानित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,बडिगाड चैत्र ०९ |

बडिगाड विश्व क्षयरोग दिवसको अवसरमा क्षयरोग उपचार केन्द्र, पोखराले बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक विपेन्द्र केसिलाई पुरस्कृत गरेको छ। गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रिालय अन्तरगतको क्षयरोग उपचार केन्द्रले क्षयरोग नियन्त्रण कार्यमा प्रत्यक्ष रुपमा संलग्न भई योगदान पुर्याएको भन्दै बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समेत रहेका केसिलाई सम्मान गरेको हो।

क्षयरोग उपचार केन्द्रले हरेक वर्ष विश्व क्षयरोग दिवसको अवसरमा गण्डकी प्रदेश भित्र क्षयरोग देखिएका स्थानमा खोजपड्ताल तथा निदानमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मिहरु मध्येबाट उत्कृष्ट १ जनालाई सम्मान गर्दै आएको छ। यसैविच विश्व क्षयरोग दिवसको अवसरमा बडिगाड गाउँपालिका भित्रका सवै स्वास्थ्य संस्थाहरु क्षयरोग विरुद्ध सचेतना मुलक कार्यक्रमहरु सम्पन्न भएका छन्।बडिगाड गाउँपालिका गण्डकी प्रदेशमै धेरै क्षयरोगी भएको पालिकामा पर्ने गर्दछ। बागलुङ जिल्लामा २ सय २७ जना क्षयरोगी रहेको मध्ये बडिगाडमा मात्रै १ सय ३६ जना क्षयरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरिक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभएको छ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगको अन्त्य र सन् २०५० सम्ममा पूर्ण निवारणको लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend