logo
  • शुक्रबार, असोज ९ २०८३

अख्तियारको अन्तरक्रिया बडीगार्डमा सम्पन्न, भ्रष्टाचारजन्य क्रियाकलापलाई उजुरी गर्न आग्रह


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

कमल पौडेल  ०६ चैत्र, बागलुङ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा सहकार्य विषयक पालिका स्तरीय अन्तरक्रिया तथा गोष्ठी बडिगाडमा सम्पन्न भएको छ। बडिगाड गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा अ.दु.अ.आको कार्यालय पोखराका प्रमुख अस्मान तामाङले अख्तियारले भ्रष्टाचार नियन्त्रणका लागि गरिरहेका काम, प्रभाव तथा कसुर र सजाय सम्बन्धी व्यवस्थाको विषयमा जानकारी गराउनु भएको थियो।

कार्यक्रममा बडिगाड गाउँपालिकाका कार्यवाहक अध्यक्ष भिमसेन वनले उपभोक्ता समिति देखि माथिल्लो निकाय सम्म आफ्नै विनियमहरूको सही उपयोग गर्न सके सुशासन हुने बताउनु भएको छ। कानूनको अक्षरशः पालना हुनुपर्ने भन्दै का.बा. अध्यक्ष वनले सार्वजनिक खरिद ऐनमा ध्यान दिन सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ। कार्यक्रममा बडिगाड गाउँपालिका वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, स्थानीय संघ संस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend