logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा नातिसगैं हजुरबुवाको हत्या गर्ने २ जना पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी चैत ५ ।
नवलपरासीमा हजुरबुवा र नातीको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने २ जना पक्राउ परेका छन । फागुन १ गते सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा स्थितमा अक्षयलाल चमार र निजको नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
हत्या भएको हजुर बुवा र नातीको चमारको शरीरमा बिभिन्न भागमा धारिलो हतियार प्रहार गरीएको घाउहरु भएको दुबै जना शव मृत अवस्थामा भेटिएपछी उक्त घटना स्थलमा बाया हातमा लगाउने हाफ पन्जा फेला परेको र अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुर समेत परिचालन गरीएको थियो।

घटना पश्चात करिब ३ दिन पछि केन्द्रिय अनुसंधान ब्युरो (CIB) को प्रहरी टोली समेत संलग्न भई अनुसन्धानको क्रममा सुस्ता गाउँपालिका वडा न. ३ मर्चहवा बस्ने २९ वर्षिय अजय धरिकार र सोही ठाँउ बस्ने २० वर्षिय चन्दन हरिजनको संलग्नतामा घटना भएको हुदाँ दुबै जनालाई चैत ३ गते पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फत जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend