साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी, १ चैत्र । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेटमा लु १ झ ८३३ नम्बरको २०२३ मोडेल महेन्द्र कम्पनीको डबल क्याप बोलेरो गाडी ३५ लाखमा खरिद गरेको छ । बोलपत्र आव्हान गरि क्याटलग विधि अनुसार खरिद गरिएको हो । गाडी खरिदका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ३५ लाख रकम बिनियोजन गरेको थियो । चार लाख रकम गाडी डेकोरेसनमा खर्च गरिएको पालिकाले जनाएको छ ।
यस भन्दा अघि खरिद गरिएको स्कारपियो गाडी हुँदा हुँदै नयाँ बोलेरो गाडी खरिद गरिएको हो । कालीगण्डकीका निर्वाचित जनप्रतिनिधि सँगै प्रशासकीय अधिकृत लाई गाडी मोह देखिएको छ । आवश्यकताको आधारमा जनप्रतिनिधिको दबाबमा गाडी खरिद नगरिएको प्रशासकीय अधिकृत नरेश गिरिले बताए ।
गाडी चालक खुला प्रतिस्पर्धा बाट नियुक्त गरिने जानकारी दिए । कालीगण्डकीको भौगोलिक अवस्था जटिल हुँदा चिल्ला गाडी सबै भूगोलमा पुग्न असहज भएकाले अनुगमन सँगै कार्यालय प्रयोजनका लागि फोरबिल गाडी खरिद गरिएको गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले बताए ।
दुई/दुई वटा गाडी कसरी सञ्चालनमा ल्याउनु हुन्छ? भन्ने हाम्रो प्रश्नमा “डिजल राख्ने ड्राइभरले चलाउने” भन्दै गैरजिम्मेवार पूर्ण ठट्यौली जवाफ दिए ।
गाउँपालिकामा गाडीको अभाव हुँदा वार्षिक १७ देखि १८ लाख भाडाका गाडीमा खर्च हुनेगरेकोले जनप्रतिनिधि सँगै कार्यालय प्रयोजनका लागि नयाँ बोलेरो गाडी खरिद गरिएको उपाध्यक्ष मन्जुकुमारी दर्लामीले बताइन । पुरानो स्कारपियो गाडी मर्मतको लागि काठमाडौँ लगिएको छ । नयाँ गाडी सञ्चालनमा आइसक्दा आज सम्म पालिकाले गाडी चालकको लागि विज्ञापन प्रकाशित गरेको छैन । पुरानै गाडी चालकले चलाइरहेका छन् । आफू अनुकुलका गाडी चालक नियुक्ति गर्न अध्यक्ष उपाध्यक्षको भित्र भित्र दौडधुप भैरहेको विशेष श्रोतले बताएको छ । विकास बजेट अभावको समयमा सवारी हुँदा हुँदै सवारी साधन खरिदमा बजेट बिनियोजन गर्नु जनप्रतिनिधि सँगै कार्यालय प्रमुखको गाडी मोह हो । संघीयता सँगै स्थानीय निकाय पश्चात कालीगण्डकी गाउँपालिकाले स्कारपियो सँगै बोलेरो गाडी खरिद गरिसकेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend