logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी आँपचौरका तिवारी जापानमा सफ्टवेयर इन्जिनियर बन्दै 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

कमल पौडेल २९ फागुन, बागलुङ ।  गुल्मी आँपचौरका प्रशान्त तिवारी जापानको अटोकम्पनी निसानमा सफ्टवेयर इन्जिनियर बन्ने भएका छन्। मुसीकोट नगरपालिका वडा नं. ५ आँपचौरमा स्थायी घर भई जापानमै अध्ययनरत प्रशान्तलाई जापानका उत्कृष्ट विद्यार्थीहरूले प्राप्त गर्ने कामको अफर मिलेको हो। जसअनुसार निसान मोटर्सको मुख्य कार्यालयमा सफ्टवेयर इन्जिनियर तथा डाटा साइन्टिष्टमा काम प्राप्त गरेको जापानमा रहनुभएका किरण खरेलले जानकारी दिनुभएको छ।

हाल जापानको रिचुमेइखान विश्वविद्यालयमा कम्प्युटर साइन्स तथा इन्जिनियरिङमा तेस्रो वर्ष पढ्दै गरेका प्रशान्त कक्षा १२ सम्म भने नेपालमै विज्ञान विषय लिएर पढेका थिए। उनले प्राप्त गरेको अवसरले नेपालबाट गएका उत्कृष्ट विद्यार्थीले त्यहाँपनि अवसर पाउँछन् भन्ने प्रमाणित भएको खरेलले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend