logo
  • शुक्रबार, असोज ९ २०८३

प्रतापपुरमा महिला समुहलाई भाडा सहित पोसाक वितरण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी फागुन २७।
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ गुठी परसौनीमा वडा कार्यालयको आयोजनामा वडा अन्तर्गतका ७ वटा महिला समुहहरुलाई विभिन्न किसीमको खाना पकाउने भाडा र पोसाक सामुहिक रुपमा वितरण गरिएको छ ।

वितरण कार्यक्रममा वडा नं.६ का वडाध्यक्ष केशव प्रसाद अधिकारीको अध्यक्षता तथा उपाध्यक्ष मान कुमारी चौधरीको प्रमुख अथित्यता रहेको थियो।

वडा कार्यालयले चालु आर्थिकवर्षमा ४ लाख रुपयाँ महिलाहरुको लागि विषेश बजेट बिनियोजन गरेर वडा अन्तर्गतका ७ वटा महिला समुहका महिलाहरूलाई खाना पकाउने भाडाहरु सामुहिक रुपमा बिवाह, ब्रतबन्ध, भोज जस्ता कार्यहरुमा प्रयोग गर्ने मिल्ने साथै महिला हरुको स्तरउन्नतीको लागि र राज्यले दिएको अधिकार, समावेशी सहभागीतालाई मध्येनजर गर्दै महिलाहरुको लागी अगामी दिनहरुमा यस किसीमको कार्यक्रम गर्ने वडाध्यक्ष अधिकारीले बताए ।

कार्यक्रममा जन जागृति माध्यमिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष राम सरण पाण्डे, प्रतापपुर आयुर्वेद शाखाका प्रमुख दिन बन्धु मिश्रा, प्रतापपुर प्रेस क्लबका अध्यक्ष बृजराज कुशवाहा, कार्यपालिका सदस्य छविलाल हरिजन समाजसेवी संघर्ष जायसवाल, वडा सदस्य अवधेश यादव, वडा सदस्य कन्हैया हरिजन, बेचन कुशवाहा लगायतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend