साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी फागुन २३।
नवलपरासीमा १९ लाख ८० हजार बराबर मोबाईलको टेम्पर ग्लास प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार बर्दघाट नगरपालिका वडा नं.४ बर्दघाट बजार स्थित एम.एस. स्क्रप (कवाड खाना) मा अवैध रुपमा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थाममा ३० कार्टुन मोबाईलमा प्रयोग गरिने टेम्पर ग्लास ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको टेम्पर ग्लास आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको साथै यस बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend