साझा नेटवर्क
अनिश शर्मा गैरे, वामी गुल्मी असोज १५ ।
गुल्मी वामी१ बसेरीमा रहेको गौमती प्राथमिक बिद्यालमा आज बिद्यालय ब्यबस्थापन समितिको पुनर्गठन गरिएको छ।शिक्षक,बिद्यार्थी ,अभिभाबहक, समाजसेबी ,बुद्धिजीवी लगायत गरी आज बसेको भेलाले लोक बहादुर रानालाई नै सर्बसम्मतीले अध्यक्षमा चयन गरेको छ।
भेलाले सदस्यहरुमा बिर बहादुर राना, चुरा बहादुर राना, माया राना, बिजु राना, बिजुली राना तथा सदस्य सचिबमा बिद्यालयका प्रद्यानाध्यापक निर्मला देवी श्रेष्ठलाई चयन गरेको छ ।साथै आजै भेलाले सल्लाहकार समिकिो पनि गठन गरेको छ।
जस्को संयोजकमा छबिलाल राना रहनुभएको छ भने सदस्यहरुमा राम बहादुर राना, चन्द्र बहादुर राना, भविकला राना, डिल बहादुुर राना, बुद्धि बहादुर राना,डिल कुमारी मल्ल रहनुभएको छ ।
कार्यक्रममा ब्यबस्थापन समितिका पुर्व तथा बर्तमान अध्यक्ष लोक बहादुर रानाको अध्यक्षता रहेको थियो भने वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्माको प्रमुख आतिथ्यता रहेका थियो ।
कार्यक्रमम टिका लगाइ ब्यबस्थापन समितिका पदाधिकारीहरुलाई स्वागत गरिएको थियो भने समाजसेबी योगेन्द्र कुमार श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका प्रद्यानाध्यापक निर्मला देबि शर्माले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend