साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी फागुन १२ ।
नवलपरासीको प्रतापपुर गाउँपालिकामा कृयाशिल पत्रकारहरुको भेलाले प्रतापपुर प्रेस क्लब गठन गरेको छ । शनिवार बृजराज कुशवाहाको अध्यक्षतामा आठ सदस्यीय समिति गठन गरीएको हो।
यसैगरि उपाध्यक्ष पदमा रबिन्द्र यादव, सचिव पदमा नन्दु यादव, कोषाध्यक्ष पदमा श्यामबदन हरिजन, सह-सचिव पदमा सहबान अन्सारी, सदस्य पदमा संजय कुशवाहा, खुरसेद हजाम र कृष्ण गिरी चयन भएका छन ।
पत्रकारहरुको हकहित तथा क्षमता अभिबृद्धिको लागि पालिका स्तरिय संगठित गरिएको साथै पत्रकारिता चुनौतीपुर्ण पेशा भएकोले सबैले सक्रिय भएर अगामी दिनहरुमा संदेशमुलक बिभिन्न कार्य गरि अगाडी बढने कुशवाहाले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend