logo
  • शुक्रबार, असोज ९ २०८३

लुम्बिनी वामी हस्पिटल वामीटक्सारमा सनिवार निशुल्क मधुमेह जाँच हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, गुल्मी  फागुन १० ।
लुम्बिनी वामी हस्पीटल प्रालि वामीटक्सारमा हरेक महिनाको दोस्रो सनिवार निशुल्क मधुमेह (सुगर) परीक्षण हुने भएको छ । हस्पीटलको नयाँ व्यवस्थापनले प्रत्येक महिनाको दोस्रो सनिवार निशुल्क मधेमेहको परीक्षण गर्ने तथा निशुल्क परामर्शको व्यवस्था गरेको हस्पीटलका व्यवस्थापक दिपेन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ।

सोहि अनुरुप फागुन महिनाको दोस्रो सनिवार पर्सि १२ गते भएकोले सनिवार दिनभर निशुल्क मधुमेह परीक्षण गर्ने र निशुल्क परामर्शको सेवा दिइने हस्पिटलले जनाएको छ।

दैनिकरुपमा विशेषज्ञ सेवा दिँदै आइरहेको हस्पिटलले ८० वर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्दा चिकित्सक शुल्क निशुल्क गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend