logo
  • शुक्रबार, असोज ९ २०८३

पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले गर्यो  छैठौं कार्यसमिति पुनर्गठन: अध्यक्षमा जि.सी. सर्वसम्मत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

गुल्मी, ९ फागुन।

पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले आफ्नो छैठौ कार्यसमिति पुनर्गठन सम्पन्न गरेको छ। धुर्कोट गाउँपालिका २ पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाद्वारा सञ्चालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले आफ्नो छैठौं कार्यसमिति पुनर्गठन गरेको छ ।

निवर्तमान अध्यक्ष तथा संस्था का सल्लाहकार अमृतकुमार खड्का को संयोजकत्वमा बैठकले सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको हो ।  उक्त केन्द्रिय मुल कार्यसमितिमा   अध्यक्ष लक्ष्मण जि सी , प्रथम उपाध्यक्ष मेहर सिंह बस्नेत , द्वितीय उपाध्यक्ष केशव राज घिमिरे ,महा सचिव कमल आर बस्नेत , सचिव हरि शर्मा, सहसचिव बिक्रम जि सी, कोषाध्यक्ष राम प्रसाद खनाल, सह कोषाध्यक्ष बाबुराम खड़का रहेका छन्।

संगठन प्रमुख कृष्णा बस्नेत शिक्षा तथा स्वास्थ्य संयोजक नवीन महत, सांस्कृतिक संयोजक दुर्गेश महत ,खेलकुद संयोजक बाबुराम खडका ,हिम शिखर रसाइली स्थानीय संयोजक ,सूचना तथा सञ्चार संयोजक प्रशान्त खनाल ,प्रवास संयोजक तेजेन्द्र घिमिरे, दुबई संयोजक टंक महत,मलेशिया संयोजक लिला जि सी भारत संयोजक पीतम खड़का, नेपाल संयोजक.प्रकाश थापा, सदस्यहरूमा, ज्ञान बहादुर जि सी, मनिराम बंजाड़े,झग बहादुर थापा,लक्षमण परियार, अर्जुन खड़का,प्रेम खनाल,दोण जि सी,रामु परीयार, राजेन्द्र गौतम, मोहन खड़का ,सालीक राम बि क,प्रेम सागर बि क,सुनील परीयार, यूबराज खडका, कृणा जि सी, नारायण थापा, प्रकाश के सी, ज्ञान बहादुर खड़का रहेका छन् ।

त्यस्तै समितिको सल्लाहकार समितिमा कमल जी सी , कृणा प्रशाद खनाल,टोप बहादुर गौतम , राम प्रसाद घिमिरे,अमृत कुमार खड़का, रविन महत,अशिम महत,बिक्रम खड़का,महेन्द्र थापा, अर्जुन ज्ञावली,दीपक खनाल,कमल जि सी काठमांन्डौ, डिम बहादुर महत, जनार्दन खनाल,नबिन जि सी , निरंजन खड़का, राजेन्द्र खडका,कमान सिंह खत्री, (वार्ड अध्यक्ष) बाबुराम खड़का, प्रेम खनाल,नरेन्द्र थापा,गरी ३६ जना पदधाकारी तथा २१ जना सल्लाहकार समिती रहेको छ ।

पिपलधारा चौतारी सम्पर्क समिति विश्वसञ्जाल गुल्मीले वडाको चौतर्फी विकासको लागि विभिन्न सेवा मूलक कार्य गर्दै आएको छ । बि.स. २०७१ सालमा स्थापना भएको यस संस्थाले झण्डै एक दशकको अवधीमा थुप्रै सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । संस्थाले स्वास्थ्य, शिक्षा, पूर्वाधार, सामाजिक अभियान, गरिबी निवारण जस्ता विषयमा आफूलाई क्रियाशील बनाई स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिदैं पिपलधारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान, स्टेचर वितरण, गणेश माध्यमिक विद्यालयलाई कक्षा ११/१२ सञ्चालनार्थ रु पाँच लाख पच्पन्न हजार पाँच सय पचपन्न रुपैयाँ प्रदान, वडाका दुवै मा.वि बाट एस. ई. ई. मा उत्कृष्ट जि.पि.ए प्राप्त गर्ने एवम वडा भित्रका प्रत्येक विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन, पिपलधारा बजार क्षेत्रमा सार्वजानिक मञ्च प्रतीक्षालय निर्माण, जनचेतनामूलक होर्डिङ बोर्डहरू, आगलागी, पहिरो पीडित, अशक्त, न्यून आय भएका व्यक्तिका लागि चौपाया वितरण, घातक रोग तथा उपचार अभाव, एकल महिला, जस्ता धेरै सामाजिक सुधारका काम गर्दै आइरहेको छ।

पिपलधाराबाट रोजगारीको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेर वैदेशिक भूमिलाई कर्म, सामाजिक सेवालाई धर्म र दिन दुःखीहरूको मर्म अनुसार चल्ने यो संस्थाले आगामी दिनमा थुप्रै कामहरू गर्न बाकी रहेको बताएको छ। सस्थाले २०७१ मा माटोले माग्दैन हामिले दिनु पर्छ भन्ने सामाजिक भूमिकालाई सशक्त बनाउन विदेशिएका युवाहरूको अहम् भूमिका रहने भन्दै नयाँ निर्वाचित कार्य समितिलाई मातृभूमि प्रतिको कर्तव्य र सामाजिक रूपमा सशक्त आवाज उठाउन विदेश रहेका युवाहरूको भूमिका रहने भन्दै नयाँ निर्वाचित कार्य समितिलाई संस्थाका पूर्व अध्यक्ष र सल्लाहकार ज्यू हरूले आगामी दिनमा अझ सशक्त र प्रभावकारी कार्यक्रम ल्याउन नयाँ र संस्थाको सफलताको लागी बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend