logo
  • शुक्रबार, असोज ९ २०८३

एलायन्स क्लब अफ गुल्मी मुसिकोटको स्थापना कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ फागुन ०८ ।
एलायन्स क्लब अफ गुल्मी मुसिकोटको पदस्थापना कार्यक्रम वामीटक्सारमा सम्पन्न भएको छ । एसोसियसन अफ एलायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक १०३४ अन्तरगत क्लबले सम्बन्धन पाएको हो ।
सो स्थापना कार्यक्रममा मुसिकोट नगरपालिकाका उपप्रमुख गंगा श्रेष्ठले क्लवको स्थापनाले सामाजिक जागरणमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा एसोसियसन अफ एलायन्स क्लब इन्टरनेसनलका गभर्नर जनक भुसाल, एलाएन्स क्लब अफ सिटिजनका भाइस गभर्नर अर्जुन गिरि लगाएतको सहभागिता रहेको थियो।

कार्यक्रममा क्लवका अध्यक्ष रामकृष्ण कंडेलले कार्यक्रममा सहयोग गर्ने सवैप्रति धन्यवाद व्यक्त गर्दै क्लबको सुरुवात भएको र एक वर्षमै देखिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। केहि समय अगाडि मुसिकोटमा एलायन्स क्लव अफ गुल्मी मुसिकोटको कार्यसमिति घोषणा गरिएको थियो।

जसको अध्यक्षमा रामकृष्ण कंडेल, उपाध्यक्षमा नारायण सापकोटा, भुपेन्द्र रायमाझि र चन्द्र खरेल, सचिवमा विमल छन्त्याल, कोषाध्यक्षमा प्रबिना परियार, अन्तराष्ट्रिय सम्पर्क अधिकृतमा डिल्लीराज अर्याल, सदस्यहरुमा रेशम कुँवर, धर्मेन्द्र नेपाली, अमर रेश्मी, सुन्दर प्रधान, लेखनाथ कंडेल, महाबिर बस्नेत, कल्पना घिमिरे, सरस्वती घिमिरे र वोर्ड अफ डाइरेक्टरमा कृष्ण विश्वकर्मा रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend