logo
  • शुक्रबार, साउन ८ २०८३

राजनीतिक मूल्यकाे दीक्षा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

-चक्र केसी ।
राजनीति (Politics): शासन(राज) गर्ने विधि(नीति)काे अभ्यास गर्न शासन गर्ने अख्तियार प्राप्तिकाे प्रयासलाई राजनीति भनिन्छ । अर्थात विधिकाे शासन अभ्यास गर्न शासकीय अख्तियार प्राप्तिकाे प्रयास राजनीति हाे ।(Exercise for acquisition of ruling-authority to exercise the rule of law) राजनीतिक मूल्य(political values) व्यक्तिकाे निर्णय र व्यवहारलाई निर्दिष्ट गर्ने आधारभूत आस्था र सिद्धान्तलाई मूल्य भनिन्छ ।

व्यक्तिकाे राजनीतिक निर्णय र व्यवहारलाई निर्दिष्ट गर्ने आधारभूत राजनीतिक आस्था र सिद्धान्तलाई राजनीतिक मूल्य भनिन्छ । राजनीतिक मूल्यकाे दीक्षा (Initiation of political values ) सत्मार्गकाे संकल्प लिने संस्कारलाई दीक्षा भनिन्छ ।त्यसैले राजनीतिक यात्रामा सत्मार्गकाे संकल्प लिने संस्कार नै राजनीतिक मूल्यकाे दीक्षा हाे । राजनीतिक मूल्यकाे दीक्षा लिएकाे व्यक्तिले प्रत्येक राजनीतिक निर्णय र व्यवहारकाे औचित्य पुष्टि गर्न सक्दछ ।

लाेकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय, इमानदारी एवं कानुनी शासन, पारदर्शिता, समानता, सहिष्णुता, कर्तव्य-अधिकार मुख्य राजनीतिक मूल्यहरु हुन् । जसरी प्राकृतिक वातावरण संरक्षण गर्न वातावरण प्रभाव मूल्यांकन (EIA)गरिन्छ, सांस्कृतिक सम्पदा संरक्षण गर्न सम्पदा प्रभाव मूल्यांकन (HIA)गर्ने गरिन्छ, त्यसैगरि स्वच्छ राजनीतिक वातावरणकाे संरक्षण र सिर्जनाकाे लागि राजनीतिक मूल्यहरुकाे दीक्षाकाे जगमा राजनीतिक प्रभाव मूल्यांकन( PIA) संभव हुने गर्दछ । त्यसैले वर्तमान सन्दर्भमा प्रदुषित राजनीतिक वातावरण शुद्धीकरण र सन्तुलनकाे लागि राजनीतिक मूल्यहरुकाे दीक्षा अति आवश्यक पनि छ ।

१. लाेकतन्त्रकाे मूल्य : आवधिक निर्वाचन, विधिकाे शासन, राजनीतिक बहुलबाद, मानव अधिकार, नागरिक समाज, समानता,  लाेकप्रिय सार्वभौमसत्ता, स्वतन्त्रता, जवाफदेहि सरकार लाेकतन्त्रका सुन्दरता हुन् । यी सबै सुन्तरताकाे आवरणभित्र आर्थिक, सामाजिक तथा राजनीतिक विकासकाे लागि निरंकुश प्रतिस्पर्धात्मक वातावरणकाे अवसरले व्यक्ति, परिवार र राष्ट्रलाई अकल्पनीय स्वार्थी बनाइदिएकाे छ ।

विश्वव्यापी लाेकतन्त्रका केहि मूल्यहरु केही मुलुकहरुकाे आर्थिक समृद्धिकाे स्वार्थ अनुरुप स्थापित गरिएकाे थियाे । अविकसित मुलुकहरुकाे आर्थिक विपन्नताकाे खाडलकाे माटाेले विकसित मुलुकहरुकाे आर्थिक सम्पन्नता पहाड निर्माण भएकाे हाे भन्ने सत्यतालाई मानवअधिकारकाे अन्धविश्वासले नै ढाकिदिएकाे छ । राजनीति मार्फत सामाजिक सेवामा जाेडिनकाे लागि बलियाे आर्थिक हैसियत चाहिन्छ भन्ने भाष्य सिर्जना गरि इमानकाे राजनीतिलाई देशभित्र निरुत्साहित गरिएकाे छ, अन्तर्राष्ट्रिय राजनितीमा पनि साेहि अनुसारकाे वातावरण सिर्जना भएकाे छ ।

प्रतिनिधिमुलक लाेकतन्त्रमा जनप्रतिनिधिले जनताकाे औसत आर्थिक क्षमताकाे पनि प्रतिनिधित्व गर्नु सबैभन्दा उत्तम हुने गर्दछ । अर्काे शब्दमा, राजनीतिक नेतृत्व र आम-जनताकाे आर्थिक सम्पन्नता समानुपातिक अंकमा वृद्धि हुनु पर्ने हाे । लाेकतन्त्रमा जनमत विजेताले राज्यकाे शासनसत्तामा सहभागी हुनेहाे र उपविजेताले सत्ताकाे दुरुपयोगमा खबरदारी गरि राख्ने हाे ।

फरक आर्थिक सिद्धान्त र फरक राजनीतिक विचारधारा(ideology) बाेक्नेहरुसँग शासनसत्तामा साँठगाँठ गर्नु भनेकाे केवल स्वार्थकाे राजनीति हाे । त्यसैले निमन्त्रणा नगरिएको भाेजमा सहभागी अतिथि (Uninvited Guest) जस्ताे भतुवा राजनीतिलाई लाेकतन्त्रकाे रुपमा आत्मसात् नगर्नकाे लागि नागरिकहरुलाई राजनीति मूल्यकाे दीक्षा जरुरी परेकाे हाे ।

२. स्वतन्त्रताकाे मूल्य : खगाेलिय पिन्डहरुमा पर्यटनकाे गन्तव्य कल्पना गरिरहेकाे मानवले वर्तमान सन्दर्भमा याे पृथ्वीकाे एउटा भाैगाेलिक कित्ता(देश)बाट अर्काे भाैगाेलिक कित्तामा दुई वित्ताकाे पाइलाकाे फड्को मार्ने स्वतन्त्रताकाे सुविधा प्राप्त गर्न सकेकाे छैन । त्यसैले पनि सिङ्गाे मानव सभ्यताले विश्वव्यापी साेचाइ(Global Thinking)काे लाभ उठाउन सकिरहेको छैन ।

राष्ट्रियस्तरमा केवल राजनीतिक सहभागितालाई स्वतन्त्रता हाे भन्ने बुझिएकाे छ । त्यसैले सम्पूर्ण पेशागत क्षेत्रहरुमा राजनीतिक विचार समूहकाे जवरजस्त प्रवेश गराइएको छ । विध्यार्थी, कर्मचारी, शिक्षक-प्राध्यापक, पेशाकर्मी-व्यवसायी, उध्याेगी-व्यापारी ,बुद्धिजीवी- पत्रकार सबैकाे राजनीतिक भित्तामा छाया देखिने गरेकाे छ ।

राजनीतिक दलकाे राेजाइकाे अवसर नभएकाे विध्यार्थी समूहलाई स्वतन्त्र विध्यार्थी युनियन भनिएकाे हाे तर राजनीतिक दल राेज्ने स्वतन्त्रता भएकाे विध्यार्थी समूहलाई स्वतन्त्र विध्यार्थी युनियन भनिन्छ भन्ने शैक्षिक अभ्यास भएकाे छ । स्वतन्त्र कर्मचारी युनियन, स्वतन्त्र शिक्षक युनियन लगायतका सम्पूर्ण सार्वजनिक तथा सामाजिक संस्थाहरुमा यहि गलत अभ्यासकाे अनुसरण भएकाे छ ।

युनियनहरुमा तटस्थ सहभागिताकाे स्वतन्त्रता र युनियनहरुमा राजनीतिक सहभागिताकाे स्वतन्त्रता नितान्त फरक पक्ष हाे ।अर्काे शब्दमा नागरिकले राजनीतिक समुहमा सहभागी हुन पाउने स्वतन्त्रता र शिक्षक-कर्मचारीले पेशागत समुहमा सहभागी हुन पाउने स्वतन्त्रताकाे अन्तरलाई अनुभव गर्नकाे लागि विध्यार्थीकालमा राजनीति मूल्यहरुकाे दीक्षा जरुरी परेकाे हाे ।

३. सामाजिक न्यायकाे मूल्य : स्राेत-साधन, राेजगार-अवसर तथा हक-अधिकारकाे समान वितरणलाई समानता (equality ) भनिन्छ । समावेशी, समतलता र समदूरिकाे माध्यमबाट समानताकाे प्रत्याभूति दिन सकिन्छ । वितरणमा समानता भएतापनि उपभाेगमा देखिने विभेदलाई न्यायकाे आँखाले देख्छ । विशेषगरी आर्थिक, शैक्षिक तथा स्वास्थ्यकाे क्षेत्रमा देखिएका विभेदहरुकाे अन्त्यकाे लागि सामाजिक न्यायकाे आवश्यकता छ ।

एउटा मानवकाे खाली खुट्टा भुगाेलयात्रा र अर्काे मानवकाे अन्तरिक्ष यानमा खगाेलयात्राकाे आर्थिक असमनता मापनयाेग्य छ ।परिवारकाे जीवनरक्षाकाे लागि आधा पेट खानु र स्वस्थ जीवनकाे लागि आधापेट खानु फरक विषय हाे । ९८ जनाले औषधी-उपचारमा घरखेत गुमाएको छ, २ जनाले औषधी-उपचारबाट सर्वश्व कमाएकाे छ ।

सबैभन्दा उत्कृष्ट भनिएकाे लाेकतान्त्रिक सरकार र उत्कृष्ट आर्थिक सिद्धान्तकाे सुगा-रटाइकाे राजनीतिक शिक्षाले सामाजिक न्याय दिन नसकेको यथार्थ हाे । आर्थिक उपार्जनका सवालमा राज्यले लिने गरेका निर्णय र व्यवहारहरुले भुइँ-मान्छेकाे जीवनस्तर उठाउन प्राथमिकता दिनुछ, त्यसैले सामाजिक न्यायकाे राजनीतिक मुल्यकाे दीक्षा जरुरी भएकाे हाे ।

४. आत्मिक इमानदारीकाे मूल्य : ठीक र बेठीक आचरण सिकाउने व्यक्तिगत मूल्यहरुलाई नैतिकता(Morality) भनिन्छ र संस्थागत मूल्यहरुलाई नीतिशास्त्र(Ethics) भनिन्छ । सत्यताप्रति निष्ठा हुनेभावलाई सत्यनिष्ठा (Honesty) भनिन्छ । नैतिकता, नीतिशास्त्र र सत्यनिष्ठाकाे उच्चतम संयाेजनलाई इमानदारी (Integrity ) भनिन्छ ।

हाम्रा सम्पूर्ण धार्मिक तथा आध्यात्मिक कर्महरुकाे अन्तिम मर्म आत्मिक इमानदारी हाे। राज्यले व्यवस्था गरेकाे सम्पूर्ण ऐन-कानुनहरुकाे आशय पनि नागरिकलाई इमानदारीकाे दिशामा डाेर्याउनु हाे । हामीलाई सम्पूर्ण संविधान ,ऐन-कानुन, नीति-नियम, नियमावली तथा कार्यविधिहरु थाहा नहुन सक्छ तरपनि आत्मिक रुपमा इमानदार हुनु भनेकाे विशिष्ट तहसम्म सम्पूर्ण कानुनी प्रावधानहरुकाे पालना गर्नु हाे ।

स्वार्थ बाझिने (conflict of interest) अवस्थाकाे अन्त्य गरि व्यक्तिगत तथा सामाजिक द्वन्द्व व्यवस्थापनकाे लागि विध्यार्थीहरुमा इमानदारी राजनीतिक मूल्यकाे दीक्षा जरुरी छ ।

५. विश्वप्रसिद्ध फुटवल खेलाडीहरु : (पेले,म्याराेडाेना,राेनाल्डाे,मेसी)ले माइक्रोसेकेन्डकाे टाइमस्केलमा बलकाे दिशा तथा गति नियन्त्रणमा राख्ने खेलनीति बनाउन सक्दारहेछन् । विश्वप्रसिद्ध राजनीति खेलाडीहरुले पनि पुस्ता-पुस्ताकाे टाइमस्केलमा राष्ट्रकाे खेलले अपेक्षित दिशा र गति समात्ने खेलनीति बनाउन सक्दाहाेलान् ।

त्यसैले दुरदर्शी राजनीति नेतृत्व र व्यवस्थित कर्मचारी संयन्त्र भएका छिमेकी मुलुकहरुकाे प्रभावले नेपाली राजनीतिकाे मूल्यमा अनिवार्य सुधारकाे दबाब सिर्जना भएकाे छ । छिमेकी राष्ट्रहरुकाे आर्थिक सफलतामा हाम्राे व्यत्क्रमानुपातिक (Inversely proportional )सम्बन्ध देखिएकाे छ ।

त्यसकाे लागि सम्पूर्ण क्षेत्रकाे सामान्य सुझबुझ, आफ्नाे विशेष क्षेत्रमा याेग्यता र दक्षता भएकाे अनि राजनीतिक प्रक्रियाहरुकाे मूल्यहरु बुझेकाे नेतृत्वकाे आवश्यकता छ । (political leader is the man of general prudence, with sectorial competence and political procedural values) राजनीतिक मूल्यहरुकाे दीक्षा प्राप्त युवाहरु राजनीतिमा स्थापित हुन सक्दा रहेछन भन्ने कुरा विकसित मुलुकहरुमा युवा-नेतृत्वकाे उदयले पुष्टि गर्दछ ।

हाम्रा विध्यार्थीहरुमा अपेक्षित राजनीतिक मूल्यहरुकाे विजाराेपण गर्नकाे लागि विध्यालय क्षेत्रमा उच्च राजनीतिक पात्रता पुष्टि भएका व्यक्तित्वहरुकाे साक्षेतिकरण जरुरी छ । फेरि भाइरस प्रवृत्तिकाे exposure ले भाइरस प्रवृत्तिकाे संक्रमण हुने संवेदनशील खतरा प्रति विध्यालय परिवार सधैं सचेत रहने हाे । हामीले अत्यन्त ढिलाे गरि सिकेका राजनीति विचारधारा, दृष्टिकाेण र मूल्यहरुकाे दीक्षा हाम्रा नानीबाबुहरुलाई अत्यन्त छिटाे गरिदिन सकाैं…. शुभकामना !!!

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend