logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल उत्पीडित जातिय मुक्ति समाज बडिगाडको अध्यक्षमा विक निर्वाचित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ फागुन ०७ ।
नेकपा एमालेको जनवर्गिय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज बडिगाडको अध्यक्षमा चुरा बहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ। सोमवार ग्वालीचौरमा भएको भेलाले उपाध्यक्षमा जिवन सुनार र भिम बहादुर परियार, सचिवमा पुरन विश्वकर्मा, सहसचिवमा निम बहादुर विश्वकर्मा र भुवन विश्वकर्मा तथा कोषाध्यक्षमा जमुना विश्वकर्मा लगाएत सदस्यहरुलाई निर्वाचित गरेको हो।
भेलाको उद्घाटन गर्दै नेकपा एमाले बागलुङका सचिव विष्णु प्रसाद भुसालले देशको समृद्धिको यात्रा गठबन्धनबाट संभव नभएको भन्दै एमालेले मात्रै त्यो समृद्ध नेपालको सपना पुरा गर्ने दावि गर्नुभएको छ। एमालेले ल्याएको विकासको लहर गठबन्धन सरकार बनेपछि टुटेको भन्दै सरकारले गर्ने हरेक जनघाति कामको विरोध गर्नुपर्ने बताउनु भएको छ।

कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य लक्ष्मण वराल, प्रेम सुनार लगाएतले जातिय विभेदले वर्गिय विभेदलाई समेत ओझेलमा पारेको भन्दै वर्गसत्रु पहिचान गरि समतामुलक समाज निर्माणमा अग्रसर हुनुपर्ने बताउनु भएको छ। कार्यक्रम चुरा बहादुर विश्वकर्माको अध्यक्षता, जिवन सुनारको स्वागत मन्तव्य तथा पुरन विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend