logo
  • शुक्रबार, असोज ९ २०८३

नौका टोलामा नवनिर्मित ढलान सडकको सांसद यादबले गरे उद्घाटन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रंजित चौरसिया,वीरगंज फाल्गुन ५ ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ को नौका टोलामा सडक ढलान कार्य सम्पन्न भएको छ । नवनिर्मित सडककाे शनिबार पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले उद्घाटन गर्नुभएको छ ।

सांसद यादवको संसदीय विकाश कोषको ५० लाख रुपैयाँको लागतमा पाँच सय मिटर ढलान सडक निर्माण सम्पन्न भएको हाे । सडक निर्माण भएसँगै वर्षौंदेखि हिलो तथा धुलोको समस्याबाट सास्ति भोग्दै आएका स्थानीयले राहत पाएका छन् । स्थानीयले समस्या झेल्दै आएको गुनासाे आएपछि पूर्वमन्त्री समेत रहेका यादवले आफ्नो संसदीय कोषबाट सडक ढलान निर्माण कार्य सुरु गाराएका थिए । वीरगञ्ज महानगर भएसंगै ग्रामिण भेगलाई मुख्य बाजारसम्म सडक संजाल मार्फत जोडने आफ्नो अभियान निरन्तर रहेको भन्दै अन्य क्षेत्रका सडक निर्माणलाई समेत आफूले प्राथमिकतामा राखेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend