साझा नेटवर्क
अनिल खत्री,गुल्मी असोज १४।
वर्षासँगै अवरुद्ध बनेका गुल्मीका ग्रामीण भेगका सडक दसैँ अगाडि नै मर्मत हुने भएका छन् । जिल्लामा रहेका सडकहरु मर्मतका लागि जिल्ला विकास समिति गुल्मीले रकम विनियोजन गरेपछि अवरुद्ध सडकहरु दसैँ अगाडि नै मर्मत पछी सञ्चालनमा आउने भएका हुन् ।
हिन्दुहरुको महान पर्व वडा दसै नजिकिएसँगै ग्रामीण सडकमा यात्रुको चाप बढ्न थालेको छ। चाडपर्व मनाउन लामो समय सम्म देस तथा प्रदेसमा रहेका आफन्तहरु घर फर्किने गर्नाले सडकमा चाप वढन थालेको छ ।
जिल्ला भित्रका सड्कहरु दसै अगाडी नै मर्मत गर्न सम्झौता भइरहेकोले सुचारु हुने जिबिस गुल्मीका कार्यक्रम अधिकृत बिनोद मरासिनीले जानकारी दिनुभयो । सडक मर्मतका लागी जिविस गुल्मीले स्थानिय उपभोक्ता समिती मार्फत मर्मत गर्ने भएको छ ।
जिल्लाका तिनवटा निर्वाचन क्षेत्रमा जिल्ला बिकास समितिको प्राबिधिक टोलिले ग्रामीण सड्कको अबस्था अनुगमन गरेर फर्किएकोले सम्झौता अगाडी बढाइएको अधिकृत मरासिनीले जनकारी दिनुभयो ।
जिल्लाका एकाध बाहेकका सबै सडक वर्षायाम सुरु भएसँगै बन्द अवस्थामा रहेका थिए ।ग्रामीण सडक मर्मतका लागि जिविसले सडकको प्रकृति हेरी रु १ लाख देखि ६ लाख सम्म रकम विनियोजन भएको कार्यक्रम अधिकृत मरासिनीले जानकारी दिनुभयो ।
सडक मर्मतका लागि विनियोजन गरिएको रकम स्थानिय उपभोक्ता समितिको खातामा जाने र काम सम्पन्न गरेपछि रकम भुक्तानी हुने बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend