साझा नेटवर्क
अनिल खत्री,गुल्मी असोज १४ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौ महाधिबेशन गएको असोज ८ देखि १० गते सम्म काठमाडौँमा सम्पन्न महाधिबेशनबाट महासचिवमा हारेका लोकप्रिय गायक शिरिष देवकोटाले आफनो पराजय नेतृत्वतहबाट घात हुदा पराजय भोग्नु परेको बताएका छन् ।
लोक दोहोरी प्रतिष्ठानको महासचिवको पदमा हारेका गायक देवकोटाले नेतृत्वतहबाट घात हुदा हारेको बताएका छन् तर गित संगितमा आफुलाई हराउन नसक्ने बताए।महाधिबेशनमा महासचिबमा २ जनाको उम्मेद्धारीमा शिरिष देवकोटा र सुवास केसी रहेको थियो ।
बर्षौ देखी गित सँगित मै आफुलाई सुम्पिएको गित सँगित नै आफ्नो मुटु ठानेर साँगितिक होमिएको देवकोटाले पराजय भोग्दै गर्दा फेसबुकमा लेखेका छन,संस्थालाई गरेको योगदानलाई भुलेर नेतृत्व तहवाटै घात भएको अनुभूति दिलाएको बताएका छन् ।
उनले बेईमानी,पैसा,खुरापात अनि तुच्छ राजनिती बिनाको प्रतिष्ठानको मेरो निष्ठा र असल कर्मको यात्रामा पूर्ण्बिराम लागेको बताएका छन् ।चुनावमा एकाध अग्रजको मौन समर्थन बाहेक धेरैको नदेखिने कपटपूर्ण घातको शिकार बन्दाबन्दै पनि ब्यक्तिगत रूपमा ७६७ मत प्रदान गर्नुहने मेरा बिबेकपूर्ण सच्चा कलाकार मतदातालाई धन्यावाद समेत दिएका छन् ।
आफनो पराजयले धेरैको जितमा टेवा पुगेको र यसैमा खुशी रहेको बताएका छन् प्रतिष्ठानमा सत्ययुग आएछ भने कुनैदिन आफनो बिषयमा चर्चा र बिष्लेषण पक्कै हुने बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुक मार्फत उनले बिजयी प्रतिस्पर्धी साथी सँगै सम्पूर्ण टिमलाई बधाई दिएका छन् प्रतिष्ठानका हरेक राम्रा कार्यप्रति आफनो साथ र समर्थन रहिरहने बताए ।
प्रतिष्ठानको कार्यसमितिमा अटाउन नसकेपनि आफना संगीतका पारखी दर्शकश्रोताको दिलमा अटाईरहन पाउने कुरामा आफु बिश्वस्त रहेको उनको भनाई छ । एक मुठी सास रहुन्जेल इमान्दारिता र सत्यको बाटो हिडने बताए ।
आगामीदिनहरुमा सक्रियरूपमा संगितश्रृजनामा लाग्ने अठोट नै आफनो बिकल्प रहेको उनको भनाई रहेको छ । गायक देवकोटाका रोइला भाका देखि राष्ट्रप्रेमी गितहरु बजारमा आएर स्थापित कलाकार हुन। उनि सबैलाई समान र सम्मानपूर्वक व्यबहार गर्ने गर्दथे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend